-
इटहरी । कृष्ण जमाष्ठमीको भोली पल्ट सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरबाट श्रीकृष्णको रथ यात्रा निकाल्ने गरिए बमोजिम यस वर्ष पनि रथ यात्राको तयारी पुरा भएको जनाइएको छ ।
श्रीकृष्णको रथ यात्राको तयारी लगायतका विषयमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । यही श्रावण ३१ गते श्रीकृष्ण जन्माष्ठमी मनाएर भोली पल्ट अर्थात भाद्र १ गते निकाल्ने रथ यात्राको तयारी पुरा भएको राधाकृष्ण शिव मन्दिर सञ्चालक समितिका अध्यक्ष विश्व रिजालले जानकारी दिए । रथ यात्रालाई सहज र सुरक्षित वनाउन सुरक्षा निकायसंग समन्वय सहित स्वयमसेवक परिचालन गरिने वताए ।
राधाकृष्ण शिव मन्दिरवाट निकालिने रथयात्रा इटहरीका मुख्य बजार क्षेत्र परिक्रमा गरि पुन ः मन्दिरमै पुर्याएर समापन गर्ने गरिन्छ । इटहरीमा निकालिने रथयात्रामा ठुलो संख्यामा भक्तजनहरुको सहभागिता रहने गरेको छ ।

रथयात्रामा सहभागी भक्तजनहरुलाई लक्षित गरी ठाउँठाउँमा पिउने पानी र सर्वतको समेत व्यवस्था मिलाइएको समेत जनाइयो । रथयात्राका क्रममा श्रीकृष्णका भर्जनकिर्तन, राधाकृष्ण सहित विभिन्न देवदवीका रुपमा मानिसहरुलाई सजाएर धार्मिक झाकी पनि निकाल्ने गरिन्छ । इटहरीको मुख्य बजार क्षेत्रमा रहेको राधाकृष्ण शिव मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्धेश्यले विभिन्न चार्डपर्वहरुमा विशेष धार्मिक गतिविधिहरु आयोजना गर्ने गरिएको मन्दिर सञ्चालक समितिका उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक भुपेन्द्र बरालले जानकारी दिए ।
राधाकृष्ण शिव मन्दिरमा शिव रात्री , साउन महिनामा बोलबम , महिलाहरुको महान चाड हरितालिका तीज , कृष्णजन्माष्ठमी , कृष्णजन्माष्ठमीको भोली पल्ट राधाकृष्णको रथ यात्रा लगायतका धार्मिक चाडपर्वमा विशेष भक्तजनहरुको सहभागिता हुने गरेको छ ।
News Desk 0 response बिहिबार, साउन २२, २०८२
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२

ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२