-
इटहरी । विश्वभरका आदिवासी जनजातिहरुको अधिकार ,पहिचान , संस्कृति र अस्तित्वको संरक्षण , प्रवद्र्धन र सुनिश्चितताका लागि प्रत्येक वर्ष मनाइदै आएको विश्व आदिवासी दिवस यस वर्षपनि सांस्कृतिक उत्सव सहित इटहरीमा मनाइने भएको छ ।यही श्रावण २४ गते ३१औं विश्व आदिवासी दिवस इटहरीमा पनि नेपाल आदिवासी जनजाति महासंघ इटहरीको आयोजनामा सांस्कृतिक उत्सव सहित मनाउन लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ इटहरीले पत्रकार सम्मेलन गरी ३१औं विश्व आदिवासी दिवस वृहत झाकी सहित सांस्कृतिक उत्सव आयोजना गरेर मनाउने अध्यक्ष चिरहाँग राईले जानकारी दिए ।

उनले आइएलओ १६९मा आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार संस्कृति , भाषा, शिक्षा, स्वास्थ्य भुमि तथा प्राकृतिक स्रोत माथिको अधिकार सुनिश्चित गरेपनि हाल सम्म पनि ति अधिकारहरु कार्यान्वयन प्रभावकारी रुपमा हुन नसकिरहेको विषयलाई समेत जोडजाड साथ दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा उठाउने समेत वताए ।
सांस्कृतिक कार्यक्रममा आदिवासी समुदायको सांस्कृत झल्कने झाँकी , गीत , पोशाक , कला समेत प्रस्तुत गरिने पनि पत्रकार सम्मेलनमा जनाइयो । पत्रकार सम्मेलनमा आदिवासी जनजाति महासंघ इटहरीका सल्लाहकार सन्तवहादुर डुम्जन लगायतको सहभागिता रहेको थियो
News Desk 0 response बिहिबार, साउन २२, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





