-
खोटाङ । खोटाङको साकेला गाउँपालिकामा चार दिनअघि पहिरो खसेर अवरुद्ध भएको सडक दुई दिनसम्मको लगातार मर्मतपछि पुनः सञ्चालनमा आएको छ।
स्थानीयवासीको श्रमदान र गाउँपालिकाको स्काभेटर प्रयोगमार्फत पहिरो हटाउने कार्य सफल भएपछि बिहीबार बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको हो। आइतबार रातिदेखि लगातार परेको वर्षापछि सोमबार राति साकेला १ स्थित बाँझेच्यानडाँडाको लगनेडाँडामा माथिबाट ठूलो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो।
पहिरोले खसेका ठूलाठूला ढुङ्गा हटाउनका लागि मङ्गलबार र बुधबार स्थानीयवासी तथा जनप्रतिनिधिहरूको सक्रियता र गाउँपालिकाको जेसिभी प्रयोग गरी मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको थियो। गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार दुई दिनको प्रयासपछि यातायात पुनः सञ्चालनमा आएको हो।
उनका अनुसार यो सडक साकेला गाउँपालिकाको गौरवको आयोजना रहेको हो । जुन पुष्पलाल मध्यपहाडी लोकमार्गसँग जोडिँदै खोटाङको सदरमुकाम दिक्तेल हुँदै विभिन्न जिल्लासम्म पुग्ने मुख्य मार्गको रूपमा रहेको छ। सडक अवरुद्ध हुँदा साकेलाका साथै छिमेकी स्थानीय तहहरूका बासिन्दालाई समेत ठूलो सास्ती हुने गरेको अध्यक्ष राईले बताए।
मानेभन्ज्याङ गाउँमुकामसम्मको १७ किलोमिटर दूरीको यो सडक अहिले ग्राभेल मात्र गरिएको अवस्थामा छ। गाउँपालिकाले यसलाई स्तरोन्नतिसहित कालोपत्रे गर्ने लक्ष्यसाथ काम अघि बढाएको छ। चालु आर्थिक वर्ष २०८२र८३ मा सङ्घीय समपूरक योजनाअन्तर्गत ६ करोड २३ लाख रुपैयाँको बजेट विनियोजन भएको अध्यक्ष राईले जानकारी दिए।
सडकको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार यो आयोजना कुल १ अर्ब १४ करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुने छ। पर्याप्त बजेटको सुनिश्चितता भएमा सडकलाई कालोपत्रे गरी साकेलावासीलाई सहज पहुँच पुर्याइने राईले बताए।
यसअघि पनि साउन १० गते रुपुवा खोलामा गएको अर्को पहिरोले सोही सडकको ग्यावियन जाली बगाएको थियो। त्यसबेला पनि स्थानीयको सहभागितामा सडक पुनः सञ्चालन गरिएको थियो। अध्यक्ष राईले भने, “गाउँपालिकाले प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न आकस्मिक पूर्वाधार सेवा कार्यक्रममार्फत विभिन्न ठाउँमा पूर्वाधार मर्मत तथा निर्माण कार्यलाई निरन्तरता दिँदै आएको छ।”
News Desk 0 response बिहिबार, साउन २२, २०८२
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२





