-
सुन्दरहरैंचा । बहुबिवाहसम्बन्धी प्रस्तावित कानुनविरुद्ध मोरङको सुन्दरहरैंचामा संयुक्त सरोकार वाला संघ संस्थाका महिलाहरू एकजुट भएका छन् ।
मंगलबार विराटचोकमा भेला भएका उनीहरूले ¥याली सहित नगरपालिकाको गेट अगाडि विरोध प्रदर्शन गरेका हुन ।
बहुबिवाह सम्बन्धी प्रस्तावित मसौदाको कडा विरोध गर्दै सहभागीहरूले कानुन मन्त्रीको राजीनामा समेत माग गरेका थिए ।
विरोध कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता र स्थानीय महिलाहरूको उल्लेख्य उपस्थिति थियो ।
उनीहरूले हातमा विभिन्न नारा लेखिएको प्लेकार्ड र ब्यानर बोकेर नारा लगाउँदै प्रस्तावको खारेजीको माग गरेका थिए ।
यो प्रस्तावले संविधानले सुनिश्चित गरेका महिला अधिकार, लैङ्गिक समानता र मानव अधिकारको मूल मर्ममाथि ठुलो प्रहार गरेका भन्दै अहिलेको समयमा बहुविवा हजस्ता सामाजिक कुरीति अन्त्य गर्न माग गर्दै बहुविवाहको कानुनी समर्थन गर्नु भनेको महिलाहरु माथिको शोषण, हिंसा र विभेदलाई संस्थागत गर्नु नहुने बताए ।
सरकारले लागू गरेको मुलुकी अपराध संहिता, २०७५ को भदौ १ बाट पूर्ण रूपमा निषेध गरिएको बहुबिवाहलाई केही “विशेष अवस्था” मा वैधानिकता दिने गरी संशोधन प्रक्रिया अघि बढाएको छ । कानुन मन्त्रालयले तयार पारेको मस्यौदा अनुसार विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध राख्दा यदि गर्भ रहे वा सन्तान जन्मिएमा दोस्रो विवाह कानुनी रूपमा मान्यता पाउने प्रस्ताव छ ।
News Desk 0 response मङ्लबार, साउन २०, २०८२
यसै संशोधन प्रस्ताव विरुद्ध सुन्दरहरैचाका महिलाहरू सडकमा उत्रेका हुन् । उनीहरूले यस्तो कानुनले महिलाको अधिकार माथि कुठाराघात गर्ने भन्दै तुरुन्तै फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
सम्बन्धित शीर्षकहरु
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३

बिहिबार, बैशाख ३, २०८३