-
इटहरी । सुनसरीको इटहरीमा रहेको सीबी आवासीय सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीहरूलाई नेपाली कला र परम्परागत सांस्कृतिक सम्पदा प्रतिको पहिचान र अभिरुचि विकास गराउने उद्देश्यले विद्यालय परिसरमै लाखे नाच कार्यक्रम गरेको छ ।
कार्यक्रम अन्तर्गत परम्परागत सांस्कृतिक लुगा, मुखुण्डो र बाजागाजा सहितको लाखे नाच प्रस्तुत गरिएको थियो ।
विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी जीवनोपयोगी मूल्य र संस्कारको सिकाइमा समेत जोड दिँदै आएको सिवि स्कुलले नेवार समुदायको परम्परागत सांस्कृतिक पर्व लाखे नाच को महत्वबारे अवगत गराउने उद्देश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
नाग पञ्चमीको दिन देखी निकालिने लाखे जात्राका विषयमा विद्यार्थीहरूलाई विविध सांस्कृतिक पहिचान र परम्पराहरूको ज्ञान दिनुका साथै उनीहरूमा सामाजिक चेतना र सम्मानको भावना विकास गराउने लक्ष्य राखिएको विद्यालयका प्रिन्सिपल खेमराज बास्तोलाले जानकारी गराए ।

५ सय बढी विद्यार्थीहरु अध्यनरत रहेको विद्यालयले बालबालिकालाई मौलिक कला र संस्कृति ,विभिन्न खेलकुद,जातजातीका परिकार बनाउने लगायतका अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको छ । प्रतिको विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । विद्यालयले भविष्यमा पनि यस्ता शिक्षामूलक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।
News Desk 0 response मङ्लबार, साउन २०, २०८२
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु
शनिबार, माघ १०, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु
शनिबार, माघ १०, २०८२