-
सुन्दरहरैँचा । स्वतन्त्र नागरिक समाज, सुन्दरहरैँचा मोरङको सस्था औपचारिक उद्घाटन समारोहका सम्पन्न गरेको छ ।
स्वतन्त्र नागरिक समाज मोरङको चहाना, भ्रष्टचार, बेथिति र विसङती मुक्त समाज स्थापना भन्ने मुल नाराका साथ स्थापना स्वतन्त्र नागरिक समाजको विधिवत सुरुवात भएको हो ।
कार्यक्रममा सहभागी अतिथीहरुले सुन्दरहरैँचामा स्थापना गरिएको स्वतन्त्र नागरिक समाजले समाजमा बढ्दै गएको विसंगति, विकृति र भ्रष्टाचारजस्ता गम्भीर समस्याहरू विरुद्ध निर्भीक रुपमा आवाज उठाउने र नागरिक हितको पक्षमा अग्रसर हुने दृढ विश्वास लिएको बताएका छन् ।
उनीहरूले यस्ता संस्थाहरूको सशक्त क्रियाशीलता नै स्वस्थ र उत्तरदायी समाज निर्माणको आधार बन्ने स्पष्ट पारेका थिए ।
उद्घाटन कार्यक्रम ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीको प्रमुख अतिथ्यमा भएको थियो ।
News Desk 0 response शनिबार, साउन १७, २०८२
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले संस्थाको स्थापनाले स्थानीय तहमा नागरिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष नेत्रप्रसाद चौलागाईंले संस्थाको उद्देश्य, भावी योजना तथा कार्य दिशाबारे विस्तृत जानकारी दिँदै समाजमा व्याप्त बेथिति, अनियमिता र भ्रष्टाचार विरुद्ध सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले सामाजिक कार्य अन्तरगत सरसफाइ, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, युवाको क्षमता विकास लगायतका क्षेत्रमा संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्ने योजना रहेको पनी स्पष्ट पारे ।
सोहि कार्यक्रममा चर्चित लोक दोहरी गायिका गंगा गौतम आचार्य र युनिर्भसल डन्स स्टुडियो इटहरीका संचालक तथा गायक जेनिस विश्वकर्माले गित प्रस्तुत गरेर कार्यक्रमका सहभागिहरु लाई मनोरञ्न गराएका थिए भने विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष नेत्रप्रसाद चौलागाँइको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभापगता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३