• इटहरी । इटहरी नमुना कलेज सामाजिक विभागको आयोजनामा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
    कलेजको सभा हलमा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई मानव अधिकारका विविध आयामबारे जानकारी दिने उद्देश्यले यो सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
    मानव अधिकारको परिचय,आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, बालबालिका, महिला र ज्येष्ठ नागरिकका अधिकार र जातीय तथा लैङ्गिक भेदभाव विरुद्धका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको संरचना, कार्यदायरा र भूमिका विषयमा राष्ट्रिय मानव अधिकार आयोग, विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख सहसचिव वीर बहादुर बुढा मगर लगायतले प्रशिक्षण तथा प्रस्तुतीकरण गरेका थिए ।
    त्यस्तै कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुले भुमिका र मानव अधिकारको वर्तमान अवस्था, संवैधानिक व्यवस्था र कानुनी उपायहरूबारे विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए ।

    इटहरी नमुना कलेजका क्याम्पस प्रमुख धर्म न्यौपानेले हामीले शैक्षिक संस्थालाई केवल पठनपाठनको केन्द्र मात्रै नभई, सामाजिक चेतना अभिवृद्धि गर्ने स्थलको रूपमा विकास गर्दै मानव अधिकार जस्ता मौलिक र संवेदनशील विषयमा विद्यार्थीहरूलाई प्रत्यक्ष सहभागी गराइ आफ्नो अधिकार र कर्तव्यप्रति जागरूकता बढाउनुका साथै उनीहरूलाई सामाजिक उत्तरदायित्व बोध गराइ युवाहरूलाई सक्रिय र संवेदनशील नागरिकका रूपमा निर्माण गर्न यो कार्यक्रमले सहयोग पुग्ने बताए ।
    उनले भने हाम्रो लक्ष्य विद्यार्थीहरूलाई केवल पुस्तकगत ज्ञानमा सीमित नराखी, जीवन उपयोगी सीप, सोच र चेतनासमेत प्रदान गर्नु रहेको क्याम्पस प्रमुख न्यौपाने बताए ।
    क्याम्पस प्रमुख धर्म न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कानुन, होटल म्यानेजमेन्ट र कम्प्युटर संकायमा अध्यनरत २ सय बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

4565