-
इटहरी । इटहरी नमुना कलेज सामाजिक विभागको आयोजनामा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कलेजको सभा हलमा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई मानव अधिकारका विविध आयामबारे जानकारी दिने उद्देश्यले यो सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
मानव अधिकारको परिचय,आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, बालबालिका, महिला र ज्येष्ठ नागरिकका अधिकार र जातीय तथा लैङ्गिक भेदभाव विरुद्धका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको संरचना, कार्यदायरा र भूमिका विषयमा राष्ट्रिय मानव अधिकार आयोग, विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख सहसचिव वीर बहादुर बुढा मगर लगायतले प्रशिक्षण तथा प्रस्तुतीकरण गरेका थिए ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुले भुमिका र मानव अधिकारको वर्तमान अवस्था, संवैधानिक व्यवस्था र कानुनी उपायहरूबारे विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए ।
इटहरी नमुना कलेजका क्याम्पस प्रमुख धर्म न्यौपानेले हामीले शैक्षिक संस्थालाई केवल पठनपाठनको केन्द्र मात्रै नभई, सामाजिक चेतना अभिवृद्धि गर्ने स्थलको रूपमा विकास गर्दै मानव अधिकार जस्ता मौलिक र संवेदनशील विषयमा विद्यार्थीहरूलाई प्रत्यक्ष सहभागी गराइ आफ्नो अधिकार र कर्तव्यप्रति जागरूकता बढाउनुका साथै उनीहरूलाई सामाजिक उत्तरदायित्व बोध गराइ युवाहरूलाई सक्रिय र संवेदनशील नागरिकका रूपमा निर्माण गर्न यो कार्यक्रमले सहयोग पुग्ने बताए ।
News Desk 0 response बिहिबार, साउन १५, २०८२
उनले भने हाम्रो लक्ष्य विद्यार्थीहरूलाई केवल पुस्तकगत ज्ञानमा सीमित नराखी, जीवन उपयोगी सीप, सोच र चेतनासमेत प्रदान गर्नु रहेको क्याम्पस प्रमुख न्यौपाने बताए ।
क्याम्पस प्रमुख धर्म न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कानुन, होटल म्यानेजमेन्ट र कम्प्युटर संकायमा अध्यनरत २ सय बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३