-
सुनसरी । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
अहिराजमाथि एक महिलाले ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही उजुरीका आधारमा ४ साउनमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानपछि काठमाडौं सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
अदालतले पुर्पक्ष थुनाको आदेश दिएपछि अहिराजलाई डिल्लीबजार कारागारमा चलान गरिएको छ।
यसबीच, अहिराजले पनि आफूमाथि उजुरी दिने ती युवतीविरुद्ध बदनियतपूर्वक झुटो आरोप लगाएको भन्दै कानुनी कदम चालेका छन्।
पूर्वप्रदेश प्रमुख जस्तो गरिमामय पदमा रहेका व्यक्तिमाथि गम्भीर प्रकृतिको अभियोग लाग्नुका साथै दुबै पक्षबाट कानुनी प्रक्रिया अघि बढेसँगै घटनाले चासो बढाएको छ।
News Desk 0 response बुधबार, साउन १४, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२