-
इटहरी । हरेक वर्ष झै यस वर्ष पनि सुनसरीको इटहरीमा नाग पञ्चमीका दिनबाट लाखे जात्रा सुरु गरिएको छ ।
नेवा दे दबु इटहरीको आयोजनामा नागपञ्चमीका दिन इटहरी रहेको नेवा पुचः भवन परिसरमा रहेको भिमसेन मन्दिरमा विधिवत रुपमा पुजा गरी यस वर्षको लाखेजात्रा सुरु गरिएको हो । इटहरीका विभिन्न ९ वटा टोल समितिबाट लाखेजात्रा निकालेर यस वर्षको लाखे जात्राको सुरुवात गरियो । नेवारी समुदायका मानिसहरु सहभागी रहेको नेवा पुचः इटहरी , मिशा पुृचः इटहरी , ल्याम पुचः इटहरी लगायतको सहभागितामा लाखे जात्रा निकाली रहेको मिशा पुचःकी वरिष्ठ उपाध्यक्ष कौशल्या श्रेष्ठले जानकारी दिईन । नाग पञ्चमीबाट सुरु हुने लाखेजात्रा कृष्णजन्माष्ठमीका दिन सम्म चल्ने साथै गाईजात्राका दिन वर्ष भरी दिगंवत भएका आफन्तहरुको स्मृतिमा गाइजात्रा सहित लाखेजात्रा पनि निकाल्ने गरिन्छ ।

विगतका वर्षहरुमा पनि इटहरीमा लाखे जात्रा निकाल्ने गरिएको छ भने नेवारी समुदायका मानिसहरुले मनाउने चाडपर्वहरु सामुहिक रुपमा मनाउने गरिएको छ । विशेष गरेर काठमाडौं उपत्यकामा नेवारी समुदायका मानिसहरुले विभिन्न चार्डपर्वहरु सामुहिक रुपमा मनाउने गरेको पाइन्छ । पुर्वी नेपालको इटहरीमा समेत केही वर्ष अघि देखि नेवारी समुदायका मानिसहरु संगठित भएर आफना कला ,संस्कृतिको जर्गेनाका लागि लाखेजात्रा ,गाइजात्रा लगायतका चाडपर्वहरु सामुहिक रुपमा मनाउने गरेका छन । नयाँ पुस्तालाई आफना कला ,संस्कृति ,भेषभुष लगायतका विषयमा जानकारी सहित संरक्षणमा जागरण गर्न यस प्रकारका कार्यक्रमहरुले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिन्छ ।
News Desk 0 response बुधबार, साउन १४, २०८२
सम्बन्धित शीर्षकहरु
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३





