-
सुन्दरहरैचा, मोरङ । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँयो । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ ।
घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छील गायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यस्तै आज मंगलबार देशभर नागपञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै गर्दा मोरङको सुन्दरहरैचा नगरपालिका–९, सलकपुर स्थित नागदेवी मन्दिरमा पनी भक्तजनहरुको भीड लागेको छ ।
नागदेवीको दर्शन गर्न र पूजा अर्चना गर्न बिहानैदेखि श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको हो ।
प्रत्येक वर्ष नागपञ्चमीको दिन यहाँ विशेष पूजा हुने परम्परा रहेको छ ।

यहाँ विशेष रूपमा जिउँदो नाग (सर्प) राखेर पूजा गर्ने प्रचलन रहेकोले यस दिन झन् धेरै श्रद्धालु भक्तजनहरुको आकर्षित धार्मिक स्थल बन्न पुगेको हो ।
यहाँ नागहरूको वासस्थान रहेको हुनाले स्थानीयको सहयोगमा रुखमुनि घेराबार गरी पूजा अर्चना सुरु गरिदै आएको छ ।
नागदेवी मन्दिर सेवा समितिका अध्यक्ष रामकृष्ण खड्काका अनुसार यो मन्दिर धार्मिक तथा सांस्कृतिक हिसाबले निकै महत्वपूर्ण बन्दै गएको बताए ।

एनले स्थानियको अथक योगदान, सरकारी सहयोग भने नपुगेको गुनासो गरेका छन ।
मन्दिरको संरचना र व्यवस्थापनमा स्थानिय समुदायको विशेष योगदान रहँदै आएको पूजा स्थललाई आकर्षक बनाउन र भक्तजनका लागि सहज बनाउने प्रयास स्वरूप पछिल्ला वर्षहरूमा विभिन्न पूर्वाधार थपिएका छन ।
हालै मन्दिर परिसरमै शिवपञ्चायनको मन्दिर निर्माण गरिएको छ, जसले थप धार्मिक र पर्यटकीय आकर्षण सिर्जना गरेको छ ।
सुन्दरहरैचाको एतिहासिक महत्व रहेको यो धार्मिक पर्यटकिय क्षेत्र बनाउन स्थानिय सरकार र प्रदेश सरकारले सहयोग गर्ने हो भने अझ धेरै भक्तजनहरुको उपस्थिती हुने मात्र नभइ सुन्दरहरैचाको महत्वपुर्ण धार्मिक पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सकिने अध्यक्ष खड्काले बताए ।
धार्मिक आस्थाको केन्द्रका रूपमा मात्र होइन, नागदेवी मन्दिर धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्ने सम्भावना बोकेको स्थान हो ।
धार्मिक महत्व, सांस्कृतिक परम्परा र पर्यटकीय आकर्षणले भरिएको यो स्थललाई संरक्षण, प्रवद्र्धन र पूर्वाधार विकासमा सरकार र सम्बन्धित निकायको ध्यान पुग्न सके, यहाँको सम्भावना अझै फराकिलो बन्ने देखिन्छ ।
News Desk 0 response मङ्लबार, साउन १३, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२