-
बुटवल । लुम्बिनी प्रदेशमा युवा तथा खेलकुदमन्त्रीका रूपमा सन्तोषकुमार पाण्डेले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट मन्त्री बनेका हुन्।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायत प्रदेश सरकारका मन्त्रीहरूको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै पाण्डेलाई मन्त्री नियुक्त गरेका थिए। यसअघि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले सम्हाल्दै आएका थिए।
तर, पाण्डेको नियुक्तिसँगै लोसपाभित्र आन्तरिक विवाद चुलिएको छ। लोसपाका संसदीय दलका उपनेता कन्हैया बानियाले मन्त्री नियुक्तिको विषयमा दलभित्र कुनै छलफल नै नभएको भन्दै असन्तुष्टि जनाएका छन्। “हामीलाई सञ्चारमाध्यमबाट मात्र खबर थाहा भयो,” बानियाले टिप्पणी गरे।
तीन सांसद रहेको लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहँदा समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बसेको थियो। सोही क्रममा दलका नेता पाण्डेले फेरि सरकारमा प्रवेश गरेपछि दलभित्र शक्ति संघर्ष देखिएको छ। पाण्डे यसअघि पनि दुई पटक मन्त्री भइसकेका छन्।
दलभित्रै कुनै निर्णयविना मन्त्री बन्नु पार्टी अनुशासनविपरीत भएको भन्दै पाण्डेमाथि सत्तालोलुपताको आरोप समेत लाग्न थालेको छ।
हाल लुम्बिनी प्रदेश सरकारमा १२ मन्त्री रहेका छन् — जसमा एमाले र कांग्रेसबाट पाँच–पाँच, जसपासँग एकजना तथा अब लोसपाबाट पाण्डे मन्त्री भएका छन्।
राजनीतिक समीकरण फेरबदल भइरहँदा लुम्बिनीमा लोसपाको भूमिका फेरि विवादको केन्द्रमा परेको छ।
News Desk 0 response सोमवार, साउन १२, २०८२
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३