-
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८१र०८२ मा २२ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। सो कार्यक्रमबाट २ लाख ३८ हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।
ूसमुदाय–प्रहरी साझेदारी कति राम्रो हाम्रो जिम्मेवारी, नागरिक–प्रहरी मिली समाजलाई बनाऔँ हितकारीू भन्ने नाराका साथ प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, शान्ति सुरक्षाको प्रवर्द्धन तथा जनमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हो।

सुगमदेखि अति दुर्गम भेगसम्म स्थानीय तह, विभिन्न संघसंस्थाहरू, विद्यालयहरूसँगको समन्वयमा महिला हिंसा न्यूनीकरण, लागू औषध विरुद्ध जनचेतना, ट्राफिक नियम तथा सडक सुरक्षा, साइबर अपराध, आत्महत्या न्यूनीकरण, मानव बेचबिखन, घरेलु हिंसा, जातीय छुवाछुत, बहुविवाह, बाल विवाह, बालश्रम, प्राकृतिक प्रकोप लगायतका विषयमा जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिएको प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश अन्तर्गत १४ वटै जिल्लामा सञ्चालन गरिएको कार्यक्रमहरू मार्फत प्रदेशका सर्वसाधारणमा कानुनी ज्ञान, सुरक्षा चेतना तथा प्रहरीसँगको आपसी सम्बन्धमा सुधार आउने विश्वास लिइएको छ। अपराध न्यूनीकरण र जनसहभागितामा आधारित प्रहरी सेवा प्रभावकारी बनाउन यस्ता कार्यक्रमले उल्लेखनीय योगदान दिएको बताइएको छ।
कोशी प्रदेश प्रहरीले जनताको साथ र विश्वास प्राप्त गर्दै समुदायसँग सहकार्यमा आधारित प्रहरी सेवा मार्फत सुरक्षित समाज निर्माणको दिशामा अघि बढिरहेको जनाएको छ।
News Desk 0 response सोमवार, साउन १२, २०८२
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

बुधबार, भदौ ३१, २०८३