• इटहरी । शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर विद्यालय तह देखि लिएर स्नाकोत्तर सम्मको पठनपाठन गराउदै आएको विश्वआर्दश एकेडेमी इटहरीले नव आगन्तुक ८ सय वढी विद्यार्थीलाई एक साथ स्वागत गरेको छ ।
    परिक्षामा राम्रो नतिजा ल्याउनुका साथै गित संगित , खेलकुद लगायतका क्षेत्रमा समेत विद्यार्थीे उत्कृष्ट पहिचान वनाउन सफल भई रहेको तर्फ मध्यनजर गर्दै अभिभावक तथा विद्यार्थीको रोजाईमा पर्दै आएको विश्व आर्दश एकेडेमीले कक्षा ११मा भर्ना भएका ८सय ५०विद्यार्थीलाई औपचारिक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको हो ।
    विज्ञान तथा व्यवस्थापन विषयमा अध्ययनका लागि कक्षा ११मा भर्ना भएका ८सय ५० विद्यार्थीलाई विश्व आर्दश एकेडेमीले अभिमुखिकरण सहित स्वागत गरेको छ ।

    विश्व आर्दश एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षता तथा अध्यात्मिक गुरु रुपेश्वर गौरदासको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीलाई उत्प्रेरणा सहितको आध्यात्मिक ज्ञानका विषयमा सहजिकरण गरिएको थियो । सो अवसरमा विद्यार्थी जिवनको महत्व लगायत आध्यात्मिक पक्षका विषयमा कार्यक्रमका प्रमुख अतिथीले सहजिकरण गरेका थिए भने विश्व आर्दश एकेडेमीका प्राचार्य गणेशकुमार दुलालले एकेडेमीको स्थापना देखि हाल सम्मको अवस्थाका विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए ।

    अध्ययनका लागि पुर्वका विभिन्न ठाउँहरुबाट समेत विद्यार्थी आउने विश्व आर्दशमा हाल विद्यालय तह देखि स्नाकोत्तर सम्म तीन हजार चार सय पाँच जना विद्यार्थीहरु अध्ययनरत रहेको समेत प्राचार्य दुलालले सो अवसरमा जानकारी गराएका थिए ।
    नयाँ विद्यार्थीका लागि आयोजना गरिएको स्वागत तथा अभिमुखिकरण कार्यक्रममा कक्षा १२का विद्यार्थीले सांगितिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । प्लसटुमा मेनेजमेन्ट र साइन्सको पठनपाठन गराउदै आएको विश्वआर्दशले तीन छुट्टाछुट्टै भवनवाट शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको समेत सो अवसरमा जनाइयो ।

    हाल विश्व आर्दशमा प्ले गु्रप देखि प्लसटु हुदै एमविएस सम्मको पठनपाठन हुदै आएको छ । स्नातक तर्फ विविएस,विविए ,विसिए र स्नाकोत्तर तर्फ एविएस अध्ययन अध्यापन गराउदै आएको छ ।

4565