• इटहरी । इटहरीस्थित एडुटेक कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले प्लस टु तहमा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि ओरियन्टेसन सगै शैक्षिक अवलोकन गराएको छ ।
    कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई कलेजको वातावरणमा अभ्यस्त गराउने उद्देश्यले कार्यक्रम आयाृजना गरेको हो
    कलेजले प्रदान गर्दै आएका विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र कानून सम्बन्धी अध्ययन गराउदै आएको छ ।
    ओरियन्टेसन कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको भौतिक संरचना, शिक्षक टिम, पठन पाठनको पद्धति, मूल्यांकन प्रणाली, अनुशासन सम्बन्धी नीति, साथै अतिरिक्त क्रियाकलापहरूका बारेमा प्लस टु कोडिनेटर नविन श्रेष्ठले जानकारी गराएका थिए ।
    साथै, विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरूलाई नयाँ वातावरणमा सहज महसुस गराउने प्रयास गरिएको थियो ।
    कार्यक्रममा कलेज ब्यवस्थापन समितीका अध्यक्ष खड्ग कुमार विष्टको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १२ अध्यनरत विद्यार्थीहरुले कला सस्कृति झल्कने भेषभुषामा सहजिएर साँस्कृतिक प्रस्तुतिहरु गरेर नयाँ विद्यार्थीहरु लाई मनोरञ्जन गराएका थिए ।


    एडुटेक कलेज इटहरीले आफ्नो नयाँ शैक्षिक सत्रको प्रारम्भमा विद्यार्थीहरुलाई शैक्षिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्यटकिय क्षेत्रहरुको अवलोकन गराएको कलेजका प्राचार्य चिरञ्जिवी तिम्सिनाले बताए ।
    उनले विद्यार्थीहरुमा सामूहिकता, नेतृत्व क्षमता, र व्यवहारिक ज्ञानको विकास हुनुका साथै शिक्षकहरुसँगको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले शैक्षिक अवलोकन गराएको प्राचार्य तिम्सिनाले बताए ।


    कार्यक्रममका अध्यक्ष विष्टले नयाँ विद्यार्थीहरूलाई मेहनत, अनुशासन र सकारात्मक सोचले नै सफलताको बाटो तय गर्न सकिने बताएका थिए ।
    अवलोकन भ्रमणमा कक्षा ११ र १२ का करिब ३२० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

4565