-
इटहरी । सस्कारयुक्त शिक्षामा जोड दिदै परिक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको सुनसरीको इटहरीमा रहेको सिबी कलेजले नयाँ विद्यार्थीलाई स्वागत सहित अभिमुखिकरण कार्यक्रम गरेको छ ।
इटहरीमा रहेको पाँच तारे होटल सोल्टीमा कक्षा ११मा भर्ना भएका विद्यार्थीका लागि सिबी कलेजले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो । नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रममा कलेजका अध्यक्ष देशबन्धु कार्कीले आफनो आगामी सफल भविष्य सिबी कलेजमा अध्ययन गरेर पुरा हुने विश्वास साथ अध्ययनका लागि आउने तपाई विद्यार्थीहरुले गरेको विश्वास टुट्न नदिने गरि अध्ययन अध्यापन गराउने छौं भन्दै विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।सिबी कलेजमा अध्ययन गर्ने विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउदै आएको वताउदै कलेजका प्राचार्य खेमराज बास्तोलाले शैक्षिक दृष्टिकोणमा सिबी कलेजले इटहरीमा फड्को मारिसकेको र विद्यार्थीले भने जस्तो नेपालको परिपेक्ष्य र इटहरीले खोजे जस्तो शिक्षा आफुहरुले प्रदान गर्दै आएको जानकारी गराए ।

प्राचार्य बास्तोलाले केही विद्यार्थीको नाम लिदै धेरै विद्यार्थीका सफलताका कथाहरु रहेको समेत सिबी कलेजसंग जोडिएको सुनाए ।
साइन्स ,मेनेजमेन्ट लगायतका विभिन्न विषयहरु अध्ययन अध्यापन हुने सिबी कलेजले नयाँ विद्यार्थीको स्वागत तथा अभिमुखिकरण कार्यक्रमको अवसर पारेर विभिन्न समयमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई पुस्कृत तथा सम्मान समेत गरेको छ ।

यसरी सम्मानित हुने विद्यार्थीमा पुजन निरौला विज्ञान समुह २०८१, रेसु खड्का होटल म्यानेजमेन्छ २०८१ संदेश सुवेदी म्यानेजमेन्ट २०८१, सायरा कुँवर सिबी स्कुलबाट २०८०मा एसईई ३दशमलव ९२ नम्बर ल्याएर उत्तिण भएकी तथा हाल विज्ञान समुहमा कक्षा १२मा अध्ययनरत, रोशन शाह स्थापनाकाल देखि हाल सम्मकै सबै भन्दा बढी जिपिए ल्याउन सफल विज्ञान समुह सुरज भट्टराई विज्ञान समुह २०८१ प्रसन गुरागाई विज्ञान समुह २०८१ र अनिता बस्नेत कानुन समुह २०८१लाई रहेका छन ।
नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रमेशकुमार शाहले विगतमा इटहरीका विद्यार्थीहरु धरान र विराटनगर अध्ययनका लागि जानु पर्ने वाध्यता रहेको थियो भने अहिले इटहरीमै राम्रा कलेजहरु रहेका भन्दै विद्यार्थीलाई अनुशासित भएर अध्ययन गर्न सुझाव दिए ।
विद्यार्थीले सास्कृतिक प्रस्तुति समेत रहेको कार्यक्रममा विभिन्न विषय समुहमा कक्षा ११मा भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराई , सिबी कलेजका सल्लाहकार डा.वेणुप्रसाद सिटौला , वेष्ट एण्ड इन्भारो मेनेजमेन्ट प्रालिका सञ्चालक केशव पौडेल लगायतको आतिथ्य रहेको थियो ।
News Desk 0 response सोमवार, साउन ५, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२