-
इटहरी । कोशी प्रदेशको विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा चिकित्सक परिचालन सम्बन्धी निर्णय विवादित बनेको छ ।
कानुनी प्रक्रिया मिचेर इटहरी यातायात कार्यालयले नयाँ चिकित्सक परिचालन गरे पछि विवाद च ुलिएको हो ।
प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा यी कार्यालयमा हाल कार्यरत चिकित्सकको सम्झौता अवधि नटुंगिँदै अनाधिकृत रूपमा नयाँ चिकित्सक खटाएका छन् ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा नविकरणका लागि आवश्यक स्वास्थ्य परीक्षणमा खटिने चिकित्सक नियुक्तिमा कानुनी प्रक्रिया उल्लंघन भएको आरोप वर्तमान चिकित्सकहरूले लगाइरहेका छन् ।
सम्झौताअवधि नटुंगिँदै चिकित्सक हटाउने प्रयास इटहरी यातायात कार्यालयमा हाल सम्म सेवा दिँदै आएका चिकित्सक मनिष यादवले आफ्नो सम्झौता २०८२ सालको भदौ मसान्त सम्म कायम रहेको भए पनि कार्यालयले दुई महिना अघि नै मौखिक रूपमा सेवा रोक्ने आदेश दिएको बताए ।
सम्झौता सकिन बाँकी छ, तर अपमान जनक तरिकाले हटाएर नयाँ चिकित्सकलाई खटाइएको यादवले गुनासो गरे ।
अस्थायी प्रमाणपत्रधारी चिकित्सक नियुक्त प्रदेश सरकारको राजपत्र (भाग २, मिति२०८२ असार ११) अनुसार नेपाल मेडिकल काउन्सिल बाट स्थायी प्रमाणपत्र प्राप्त चिकित्सकमात्र स्वास्थ्य परीक्षणमा खटिन सक्ने स्पष्ट व्यवस्था रहेको छ ।
तर, इटहरीमा साउन १ गते देखि खटिएका चिकित्सक राजेन्द्र खत्बे अस्थायी प्रमाणपत्रधारी रहेको स्रोतले जनाएको छ ।
निःशुल्क सेवा बन्दल गरेर सेवाग्राहीबाट शुल्क असुल्न थालिए पछी सेवा ग्राहीहरुले आक्त जनाएका छन् ।
इटहरी यातायात कार्यालयले निःशुल्क स्वास्थ्य परीक्षण सेवा बन्द गर्दै सेवाग्राहीहरू सँग प्रतिव्यक्ति ३ सय रुपैयाँ असुल्नथालेको छ ।
यसअघि प्रतिस्पर्धा मार्फत चिकित्सक नियुक्तभई निःशुल्क सेवा दिँदै आइएको थियो । यस कदम प्रति सेवाग्राहीहरूले तीव्र आपत्तिजनाएका छन् ।
पहिले त निःशुल्क सेवा पाइन्थ्यो, अहिले आएर पैसा तिर्नु परेको इटहरीका सेवाग्राही ध्रुव खड्काले बताए ।
यता इटहरी यातायात कार्यालयका प्रमुख सतिश सत्यालले मन्त्रालयको निर्देशन अनुसार मात्र नयाँ चिकित्सक खटाइएको बताए ।
सम्झौता खारेज गर्ने आधार नभए पनी मन्त्रालयको निर्णय अनुसार नयाँ चिकित्सकले काम थालेको प्रमुख सत्यालले बताए ।
विर्तामोडमा सेवा स्थगित विवाद चर्किए सँगै विर्तामोड यातायात व्यवस्था कार्यालयले स्वास्थ्य परीक्षण सेवा स्थगित गरेको सूचना जारी गरेको छ ।
कार्यालयमा कार्यरत चिकित्सक नारायण सिंह ताजपुरियाले एक गते देखी सेवा रोकिएको जानकारी दिएका छन् ।
कार्यालयले सुचना जारी गर्दै आज स्वास्थ्य सेवा सम्बन्धी सम्पुर्ण सेवा वन्द रहेको जानकारी आफुले पाएको उनले बताए ।
कोशीप्रदेशका प्रमुख यातायात कार्यालयहरूमा चिकित्सक नियुक्ति तथा सेवा संचालन सम्बन्धी निर्णयमा स्पष्टता नहुँदा अनावश्यक विवाद र सेवाग्राहीको असन्तोष बढ्दै गएको छ ।
कानुन विपरीत अस्थायी चिकित्सक परिचालन, निःशुल्क सेवा बन्द, र शुल्क असुलीले सेवा पारदर्शिता र उत्तरदायित्व माथि प्रश्न उठाएको छ ।इटहरी यातायात कार्यलय परिसरमा निःशुल्क र बाहिर ५ बटा निम्न शुल्कमा स्वास्थ्य परीक्षण गर्दै आएकोमा साउन १ गते देखि एउटै बाट सेवा लिदा सेवाग्राहीहरु लाई लामो समय सम्म लाइन लाग्नू परेको सेवा लिन आएकाहरु बताउछन ।
News Desk 0 response शुक्रबार, साउन २, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२





