-
इटहरी । इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि बजेट निर्माण प्रक्रिया विवादास्पद बन्दै गएको छ ।
उपमहानगरपालिकामा राजनीतिक असहमतिका कारण बजेट ‘शून्यताको अवस्था’ मा पुगेको हो ।
उपप्रमुख संगिताकुमारी चौधरी तथा वडाअध्यक्षहरुले पत्रकार सम्मेलन मार्फत बजेट प्रक्रिया अवरोधमा परेको भन्दै नगर प्रमुखको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन ।
उपप्रमुख चौधरीले नगर प्रमुखको “गैरजिम्मेवार र असंवेदनशील” व्यवहारले कानुनी म्यादभित्र बजेट पारित हुन नसकेको स्पष्ट आरोप लगाइन ।
चौधरीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नीति, कार्यक्रम तथा बजेट प्रस्ताव असार १० भित्र नगर सभामा प्रस्तुत गर्नुपर्ने स्पष्ट व्यवस्था भए तापनि, बजेट निर्माणका आवश्यक पूर्वतयारी र प्रक्रिया पुरा नगरी हतारमा कार्यपालिका बैठक बोलिएको थियो बताइन ।
उनका अनुसार, बजेट निर्माणका लागि नगरपालिकाको विषयगत समिति, शाखा तथा महाशाखाहरूले श्रोतको अनुमान र खर्चको सिमा निर्धारण सहितको विवरण चैत्र १५ भित्र पेश गर्नुपर्ने कानुनी प्रावधान भए तापनि सो विवरण समयमै उपलब्ध नगराइएकाले बजेट मस्यौदा तयार गर्न कठिनाइ भएको हो ।
उपप्रमुख चौधरीको संयोजकत्वमा गठन भएको राजस्व परामर्श समितिले आय–व्ययको समुचित प्रक्षेपणसहित श्रोत अनुमान तयार गरी नगर प्रमुखलाई कार्यपालिकाको बैठक डाक्न पटकपटक आग्रह गरेको भए तापनि नगर प्रमुखले त्यसमा कुनै ध्यान नदिएको आरोप लगाइन् ।
उपप्रमुख चौधरीले असार ३० गते नगर सभामा विनियोजन विधेयक र अर्धविधेयक पेश गर्नु पर्ने कानुनी बाध्यता हुँदा हुँदै नगर प्रमुख तथा सभाध्यक्षको अनुपस्थितिका कारण सभा स्थगित भएको प्रति गम्भीर चिन्ता व्यक्त गरिन ।
News Desk 0 response शुक्रबार, साउन २, २०८२
यद्यपि असार ३२ भित्र बजेट पारित गर्नु पर्ने बाध्यात्मक कानुनी अवस्था हुँदाहुँदै पनि, उपप्रमुख चौधरीले आफ्नो पक्ष बजेट निर्माणको कार्यमा अझै पनि जिम्मेवार र संवेदनशील रहेको दाबी गरिन ।
बजेट पास नभएपछि सो विषयमा आफ्नो धारणा राख्न नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरूले बिहीबार बेग्लै पत्रकार सम्मेलनको आयोजना गरेका छन ।
तयारी अवस्थामा रहेको बजेट कार्यानवयन ल्याउने बेलामा इटहरी उपमहानगर पालिकाका मेयर हेमकर्ण पौडेलले एकलौटी धारणा राखेकोले सिंगो उपमहानगर आव ८२ ,८३ का लागि बजेट बिहीन हुन पुगेको ३ नं वडाध्यक्ष उमेस सुवेदिले बताए ।
उनले बजेट बनाउदा पनि नियम मिचेरै बनाएको र पारित गर्दा पनि एकलौटी पेलेर अघि बढ्न खोजे पछि प्रतिकार गरेको उल्लेख गरे ।
सुबेदीले कानुन सम्मत कुरा उठाउदा पनि पटक पटक नगर प्रमुखले सान्र्दभीक कुराको अपहेलना गर्दै एकलौटि ढंगबाट सभा सञ्चालन गरेकाले आपसि सम्बन्धलाइ बिर्गादै गरेको र नगरमा विधि पद्धति अनुसार नचलेको र एम्बुलेन्स खरिदमा नआइनै भुक्तानी गरेको शिक्षा एनलाई तोडमाड गरिएको बताएका थिए ।
त्यस्तै इटहरी वडा नं ९ का वडा अध्यक्ष जितेन्द्र थापाले मेयरले सामाजिक संजालमा नेकपा एमालेलाई नै लाल्छाना लगार पोष्ट गरे, पछी डिलिट भयो त्यो पोष्ट आधिकारीक नभइ ब्यक्तीगत लगाइको हो र हामी प्रेस स्वतन्त्रको पक्षमा भएको र पत्रकारहरुलाई लगाइको लाल्छनाको विषयमा धाराण राखेका थिए ।
उनले हामी सभाबाट उम्कीने भन्ने होइन र सभाबाट अनुसुचि सहित बजेट पास हुनुपर्छ भन्ने माग रहेको बताउदै यो गतिविधीले अनियमिता हुने होकी भन्ने अन्योलमा रहेको पनी अध्यक्ष थापाल बताए ।
गत असार १० गते उपप्रमुख संगिताकुमारी चौधरीले उपमहानगरपालिकाका तर्फबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिइन तर त्यसपछि नगर सभाबाट सो प्रस्ताव पारित हुन सकेन ।
उपप्रमुख चौधरीले गत असार १० गते आर्थिक वर्ष २०८२। ८३ का लागि दुई अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।
चालुतर्फ एक अर्ब चार करोड ११ लाख, वित्तीय व्यवस्थातर्फ ९० लाख र पुँजीगत खर्चतर्फ एक अर्ब ३० करोड १९ लाख विनियोजन गरिएको थियो ।
गत आवमा तीन अर्ब ५७ करोड ८४ लाख ५० हजारको महत्वाकाक्षी बजेट ल्याएको उपमहानगरपालिकाले नगरस्तरीय योजना सञ्चालन गर्न सकेको थिएन ।
पत्रकार सम्मेलनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरु कार्यपालिका सदस्य लगायतको सहभागिता रहेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२





