• रामधुनी । परम्परागत नेपाली संस्कृति तथा स्थानीय सीपको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले रामधुनी नगरपालिका–७ मा आयोजित १ महिने पञ्चेबाजा तालिम सफलता सम्पन्न भएको छ ।
    रामधुनी नगरपालिका–७ को वडा महिला समितिको आयोजनामा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, रामधुनी नगरपालिकाको सहयोगमा जेष्ठ १४ गते देखी सुरु गरेको थियो ।
    तालिममा वडा नम्बर ७का १८ जना महिलाहरूको लसहभागिता रहेको थियो ।
    उनीहरूले पञ्चेबाजाका विभिन्न वाद्य यन्त्रहरू दमाहा, नर्सिंगा, झ्याली, सानाई, आदिमा तालमेल मिलाउने सीप सिकेका थिए ।
    तालिममा रामबहादुर दमाई र प्रकाश चाहारले सहजिकरण गरेका थिए ।

    उपप्रमुख तारा थापाले सहभागी महिलाहरूको आत्मबल र सहभागिताको प्रशंसा गर्दै भनिन् स्थानीय तहबाटै परम्परागत सीप र संस्कृति संरक्षण गर्न सकिने बताइन ।
    त्यस्तै महिलाहरुले बाजा बजाउन सक्दैनन् भन्ने सोच तोड्दै यो तालिमले नयाँ इतिहास कोरेको र लोप हुन लागेको पंचेबाजा लाई स्थानिय महिलाहरूलाई तालिम प्रदान गरि सांस्कृतिक बाजा संरक्षणमा महिला दिदि बहिनीहरुको ठुलो भुमिका रहने रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीले बताए ।

    समापन कार्यक्रममा सहभागी महिलाहरूले तालिममा सिकेका बाजाहरूको सामूहिक प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
    तालिम समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सहित विभिन्न वडाका प्रतिनिधिहरू, महिला अगुवा तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।

4565