-
इटहरी । नेपाली सेनाको पूर्वी पृतना अन्तरगत सञ्चालित पृतनापति ट्रफि २०८२मा उत्कृष्ट प्रर्दशन गर्दै श्री नम्बर १८ वाहिनी प्रथम भएको छ ।
यही असार २० गतेबाट नेपाली सेनाको आयोजनामा सञ्चालन गरिएको एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल लगायतका खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै श्री नम्बर १८ वाहिनी प्रथम भएको हो ।
प्रतियोगितामा पूर्वी पृतना अन्तरगत श्री नम्बर २ ,श्री नम्बर १८ र श्री नम्बर २१ वाहिनीका खेलाडिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा श्री नम्बर २१ वाहिनी दोस्रो र श्री नम्बर २ वाहिनी तेस्रो वन्न सफल भएको थियो ।

प्रतियोगितामा प्रथम ,दोस्रो र तेस्रो हुने वाहिनी तथा खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी नेपाली सेनाका पूर्वी पृतनापति गौरवकुमार केसीले च्याम्पियन ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
दस दिन सम्म सञ्चालन पूर्वी पृतना मुख्यालयत परिसरका साथै इटहरी रंगशालामा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो । नेपाली सेनाले सैनिक अनुशासनमा आधारित खेलकुद संस्कार विकासका लागि मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने गरी खेलकुदका गतिविधिहरु समेत गर्दै आएको सो अवसरमा जानकारी गराइयो ।

पृतनापति ट्रफि २०८२को समापनका अवसरमा नेपाली सेनाले विक्रम सम्वत २०६५ सालदेखि प्रधान सेनापति ट्रफी नामक खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको र यसले सैनिक तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुरयाउदै आएको पनि जनाइयो । नेपाली सेनाले आन्तरिक रुपमा सञ्चालन गर्ने पृतनापति ट्रफी, प्रधान सेनापति ट्फि जस्ता खेलकुदका प्रतिस्पर्धाहरूले सेनाको शारीरिक दक्षता, मनोबल तथा भाइचार अभिवृद्धिमा सहयोग पुर्याउदै आएको छ ।
News Desk 0 response मङ्लबार, असार ३१, २०८२
-
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३

शनिबार, अशोज १०, २०८३