• इटहरी । कपाल तथा छालाको सौन्र्दयको क्षेत्रमा लामो समय देखि काम गर्दै आएको फेसियल हाउसले इटहरीमा शाखा विस्तार गरेको छ ।
    इटहरी तथा आसपासका क्षेत्रका सेवाग्राहीहरुलाई युनिसेक्स पार्लर सम्बन्धी सेवा उपलव्ध गराउने उद्धेश्य सहित १०औं शाखाका रुपमा इटहरीको सेन्ट्ल प्लाजा फेसियल हाउसको शाखा सञ्चालनमा ल्याइएको हो ।
    इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीले फेसियल हाउसको शाखा उद्घाटन गरेकी हुन । कपाल र छाला सम्बन्धी विभिन्न सेवाहरु हेयर कलर, स्ट्रेट, कर्ली, हेयर ट्रीटमेन्ट, मेडीकेयर, नेलआर्ट, माइक्रोब्लेडिङ, पिम्पल तथा चायापोताको उपचारसमेत प्रदान गरिने फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महराले जानकारी दिइन ।

    उनले सहुलित दरमा राजधानी वाहिर समेत सेवा प्रदान गर्ने उद्धेश्यले इटहरी लगायतका ठाउँहरुमा शाखा विस्तार गरेको र आगामी दिनमा सौन्दर्यकला सम्वन्धी एकेडेमी कक्षाहरु समेत सञ्चालन गर्ने योजना रहेको समेत वताइन ।

    काठमाडौं, चितवन, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेतमा शाखा विस्तार गरिसकेको फेसियल हाउसले इटहरीबाट समेत सेवा दिन थालेको छ । विभिन्न ठाउँमा शाखा विस्तार गरेर एकै पटक सामान मगाउदा आफुहरुलाई सस्तो पर्ने हुँदा सेवाग्राहीहरुलाई समेत सुपथ मूल्यमा सेवा दिन सकिने समेत उदघाटनका अवसरमा जानकारी गराइयो ।

    कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , व्यवसासी गायत्री भण्डारी, युवा व्यवसायी विक्रम घिमीरे लगायतको आतिथ्य रहेको थियो ।

4565