• इटहरी । माछाको उत्पादन र बजारको माग राम्रो भए पनि तर भारतिय क्षेत्रबाट अवैद्य रुपमा भित्रने माछासंग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली माछा उत्पादक किसानहरु पेशाबाट पलायन हुने अवस्थामा पुग्न थालेका छन ।

      पछिल्लो समयमा माछामा सम्भावना देखेर युवाहरु समेत आकर्षित भई रहेको भएपनि अवैद्य रुपमा भारतिय क्षेत्रबाट भित्रने माछा र प्रतिवन्धित माछाको खुल्लमखुल्ला विक्रीका कारण आफुहरु पलायन हुने अवस्था आएको पुर्वका माछा पालक किसानहरुले गुनासो गरेका हुन ।
    
    माछाको माग स्थानीय हाटबजारहरुमा धेरै हुने गरेको भएपनि नेपालमा प्रतिवन्धित रहेको कालो माहुर जातको माछा खुलमखुल्ला विक्री हुने तथा भारतबाट भन्सार छलेर आएका स्थानीय उत्पादन भन्दा ठुलो माछाका कारण नेपाली उत्पादनले बजार पाउन नसकिरहेको नेपाल मत्स्य पालन किसान संघ कोशी प्रदेशका उपाध्यक्ष राम पौडल वताउछन । अवैद्य रुपमा भारतिय क्षेत्रबाट भित्रने माछाका कारण नेपाल सरकारको राजस्व संकलनमा कमि आइरहेको साथै नेपाली उत्पादनले बजार नपाउदा माछा पालक किसानहरु पलायन हुने क्रम वढी रहेको समेत उपाध्यक्ष पौडेलले जानकारी गराए ।

    पुर्व नेपालको झापा ,मोरगं र सुनसरीमा दैनिक ७ टन सम्म माछाको माग हुने गरेको एक टन मात्र नेपाली माछा विक्री हुने र ६ टन भारति क्षेत्रबाट आउने त्यसमा पनि ९० प्रतिसत भन्दा वढी अवैद्य रुपमा भित्रने माछा रहेको समेत नेपाली माछा पालक किसानहरु दावी गर्दछन ।

    अवैद्य रुपमा भारतबाट भित्रने माछाका कारण नेपाली उत्पादनले मुल्य पाउन नसक्दा नेपाली किसानहरुको ठुलो लगानी जोखिममा परेको विराट गु्रपका कार्यकारी निर्देशक दिपक थापा गुनासो गर्दछन । उनले प्रतिवन्धित रहेको माहुर जातको माछा पुर्णरुपमा विक्री वितरण गर्ने कार्य र भारतबाट अवैद्य रुपमा भित्रने अन्य जातका माछाहरु भित्रन नदिने कार्यंमा सरोकारवाला निकाय गम्भीर नहुँदा माछासंग जोडिने धेरै जनाको रोजगारी गुम्ने अवस्था आएको जानकारी दिए ।

    माछा व्यवसायमा देखिएको समस्यालाई मध्यनजर गर्दै नेपाल मत्स्य पालन किसान संघ कोशीले इटहरीमा पत्रकार सम्मेलन गरी नेपाली माछा पालक किसानहरुले भोग्नु परिरहेको समस्या समाधानमा सरकारी निकाय गम्भीर नभए आन्दोलन समेत थाल्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा दैनिक कोशी प्रदेशमा दैनिक ७ टन सम्म माछा विक्री हु्ने गरेको भएपनि ९ महिनाको अवधिमा नेपालमा १७सय टन माछा भित्रिएको सरकारी तत्यांक रहेको समेत जानकारी गराइयो । सो ९ महिनाको अवधिमा विराटनगरबाट ७ टन मात्र माछा भित्रिएको सरकारी तथ्यांकले देखाएको समेत किसानहरुले दावी गरे । पछिल्लो समयमा नेपाली उपभोक्ताहरुको रोजाईमा पंगास जातको माछा पर्न थालेको र नेपाली किसानहरु आफैले भुरा उत्पादन समेत गर्न थालेको भएपनि अवैद्य रुपमा भारतिय क्षेत्रबाट भित्रने माछाका कारण नेपाली उत्पादनले बजार पाउन नसकिरहेको गुनासो गरिएको छ ।

4565