-
इटहरी । मकालु इङलिस बोर्डिङ स्कुल इटहरीले २०८१ को एसइइ परीक्षामा ४.० जिपिए सहित सतप्रशित उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित भएका छन् ।
उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्य तथा मकालु इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल थानेश्वर ढकाल नेलसनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मल्लले मकालुका विद्यार्थीको मेहनतले नै यो नतिजा आएको हो ।
जसले जति मेहनत ग¥यो त्यहि अनुसार नजिजा आएको बताए ।
साथै सो कार्यक्रम शिक्षाबिद तथा पुर्व जिल्ला शिक्षा अधिकारी सुवर्ण बहादुर थापाले यो प्रेरणादायी कार्यक्रम रहेको र यस्ता कार्यक्रमले विद्यार्थीहरुको मनोबल बढ्ने कुरा भन्दै हामीले हाम्रो सस्कार तथा संस्कृतिको जगेर्नामा विद्यार्थीहरुको ठुलो भुमिका रहने बताए ।
उक्त दिक्षान्त समारोहमा पुर्व कृषि तथा राज्यमन्त्री रामकुमारी चौधरीले बिद्यालय राम्रो बनाउन बिद्यालय परिवार अहोरात्र खटिरहेकोले यस किसिमको नतिजा आएको विद्यार्थी र शिक्षक शिक्षिकाहरुको मेहनतले गर्दा आज मकालु स्कुलका विद्यार्थीहरुले उत्कृष्ट नपतजा ल्याउन सफल भएको बताइन । यस्तै कार्यक्रममा एनप्याब्सन सुनसरीका सल्लाहकार नारायण सन्जेलले देशभरको नतिजामा संस्थागत बिद्यालयको यस पालिको नतिजा पनि सामुदायिकको तुलनामा निजि विद्यालयहरु पनी उत्कृष्ट रह्यो । सुनसरीमा ४.० जिपिए ल्याएका सातै बिद्यालय पनि संस्थागत रहेको र मकालु स्कुलका विलर्थीले पनी ४ं.० जिपिए ल्याउन सफल भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै सुनसरी प्याब्सनका उपाध्यक्ष गणेश भण्डारीले संस्थागत बिद्यालयको लगाब र सचेत अभिभावकका कारण मकालु लगाएत सम्पुर्ण संस्थागत बिद्यालयको नतिजा राम्रो भएको बताएका थिए ।
इटहरी नगर प्याब्सनका अध्यक्ष सुर्यमणी निरौलाले पनी यो प्रकारको नतिजा ल्याउन बिद्यालय, अभिभावक, विद्यार्थी तथा शिक्षकको सर्वपक्षीय प्रयासबाट मात्रै सम्भव हुन्छ जुन संस्थागत बिद्यालयले मात्र गर्नसक्ने कुरा सुनसरीको ४.० जिपिए नतिजाले प्रष्ट पारे ।
यस्तै कार्यक्रमका सभाध्यक्ष मकालु इ।बो।स्कुल मकालु इङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक थानेश्वर ढकाल नेलशनले मकालु स्कुलको नतिजा एस पट्क मात्रै हैन बिगतका बर्षमा पनि इटहरीमा उत्कृष्ट नतिजा ल्याउने बिद्यालयको रुपमा स्थापित रहेको बताए ।
यो सम्पुर्ण अभिभावक, बिद्यालय, विद्यार्थी तथा शिक्षकहरुको निरन्तर लगाबको नतिजा रहेको र आउँदा बर्षमा पनि यो किसिमको नतिजा ल्याउनेमा विश्वास रहेको बताए ।
News Desk 0 response शनिबार, असार २८, २०८२
यस्तै उक्त दिक्षान्त समारोहमा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष रन्जना शर्माले स्वागत मन्तव्य राखेका थिइन ।
यस्तै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन मकालु स्कुलका विद्यार्थीहरुने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यार्थी प्रतिनिधिका रुपमा जिपिए ४.० ल्याउने मिसु प्रधान, तथा उत्कृष्ट नतिजा ल्याउने अस्टिका थापा र सफलता गिरीले यो बिद्यालयमा अध्ययन गर्दा अथाह ज्ञान, विवेक, बुद्धि तथा सिप र व्यबहार सिकेको जुन हामीलाई त्यहाका शिक्षकबाट प्राप्त गरेको बताएका थिइ ।
संस्थापन कालका बिद्यालय व्यवस्थापन समिती अध्यक्ष चिन्तामणि पौडेलल,स्कुलका सहायक प्रधानाध्यापक मणि पौडेल तथा अभिभावक लगायतको सहभागिता रहेको थियो
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२





