-
इटहरी । उद्योग वाणिज्य संघ इटहरीमा आगामी निर्वाचनलाई लिएर गम्भीर आरोप र असहमति सार्वजनिक भएका छन ।
News Desk 0 response शुक्रबार, असार २७, २०८२
संघभित्रकै निर्वाचित कार्यसमिति सदस्यहरुको एक समूहले वर्तमान नेतृत्वले डमी मतदाता बनाएर चुनाव प्रभावित गर्ने षड्यन्त्र गरिरहेको दाबी गर्दै पत्रकार सम्मेलन मार्फत आपत्ति जनाएका हुन ।
संघका अध्यक्ष जीवन पराजुलीको नेतृत्वमा रहेको कार्यसमितिका ९ जना सदस्यहरूले संघको सदस्यता नवीकरण प्रक्रिया मनोमानी रूपमा गरिएको, करचुक्ता नपु¥याएका फर्महरूको नवीकरण गरिएको तथा विधान विपरीत शुल्कमा छुट दिने निर्णय गरिएको विषयमा आरोप लगाएका हुन ।
उनीहरूले उक्त कदमहरू निर्वाचनलाई आफू अनुकूल पार्न पूर्व तयारीस्वरूप गरिएको गम्भीर आरोप समेत लगाएका छन् ।
आन्तरिक राजस्व कार्यालय इटहरीले कर नतिर्ने व्यवसायी तथा संस्थाहरूको सदस्यता नवीकरण नगर्न लिखित निर्देशन दिँदा पनि, अध्यक्ष पराजुली नेतृत्वको टिमले कर नतिरेका फर्महरूलाई समेत सदस्यता नवीकरण गरिरहेको सदस्य ढुण्डीराज गुरागाईंले बताए ।
उनले राजस्व कार्यालयले स्पष्ट निर्देशन दिएको अवस्थामा पनि कानुन उल्लंघन गरिनु दुःखद भएको र यसले कर तिर्ने व्यवसायीहरूको अपमान भएको गुनासे गरे ।”
कार्यसमिति सदस्य सुरेश कार्कीले सदस्यता शुल्कमा एकपक्षीय रूपमा ५०% छुट दिने निर्णय गरिएको भन्दै आपत्ति जनाए ।
“विधानको दफा ८ मा शुल्कको निर्धारण साधारणसभाले गर्ने भनिएको छ । कार्यसमितिले यो अधिकार प्रयोग गर्नु गैरकानुनी भएको बताए ।
उनीहरूका अनुसार विहीबारसम्म संघको ७३०० सदस्यमध्ये केवल ६सयको मात्रमा सदस्यता नवीकरण गरेका थिए ।
चुनाव नजिकिँदै गर्दा अचानक शुल्क घटाउने निर्णय गरिनु शंकास्पद भएको सदस्य उमानाथ दाहालको भनाइ छ ।
कार्यसमिति सदस्यहरूले आरोप लगाएका छन् कि कतिपय निर्णयहरू बैठकमै नगरी पछि माइन्युट तयार गरेर सुनाइन्छ ।
सदस्य ढुण्डीराज गुरागाईंले भने, “बैठक त हुन्छ, तर निर्णय के भयो भन्ने थाहा हुदैन कहिले माइन्युट लेखिन्छ थाहा हुँदैन ।” विहीबार विना एजेण्डा बैठक गरिएको र एजेण्डा लेख्न नदिएको पनि उनीहरूको गुनासो छ ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले ब्यवसायिहरुको परिस्थितिलाई बुझेर कार्य समितीले बैठक बाटै निर्णय गरेर आर्थिक मन्दीको अवस्थामा करचुक्ता अनिवार्य विधानमै नरहेको र सदस्यता शुल्क घटाएर व्यवसायीलाई राहत दिन खोजिएको बताए ।
उनका अनुसार “हामीले विधि अनुसारै अघि बढिरहेका टौ भन्दै सदस्यता शुल्क छुटको निर्णय पछि साधारणसभाबाट अनुमोदन गरिनेछ भने पुरा शुल्क तिरेका सदस्यहरूलाई अर्को वषर्मा समायोजन गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।
सम्बन्धित शीर्षकहरु
-
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२ -
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२

मङ्लबार, मंसिर २३, २०८२