-
इनरुवा । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ, केन्द्रीय कार्य समिति, धरानले राष्ट्रसेवामा जीवन समर्पण गरेका सेवा निवृत्त कर्मचारीहरूमाथि राज्यले निरन्तर रूपमा गरेको विभेद र उपेक्षाको विरुद्धमा तीन बुँदे माग सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंलाई सम्बोधन गर्दै ज्ञापनपत्र पेश गरेको छ ।
उक्त ज्ञापनपत्र संघले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रलाई संघका अध्यक्ष मछिन्द्र तामाङको नेतृत्वले ज्ञापनपत्र बुझाएको हो ।
संघले ज्ञापनपत्रमार्फत राष्ट्र निर्माणमा सेवा निवृत्त कर्मचारीहरूको योगदानलाई स्मरण गराउँदै “हामीले राष्ट्रको लागि आफ्नो उर्वर समय खर्च गरेका छौं, विभिन्न क्षेत्रमा विज्ञेता आर्जन गरेका सेवानिवृत्ति पछि राज्यले न त सम्मान दिएको छ, न न्यूनतम सुरक्षाको प्रत्याभूति यसले हाम्रो आत्म सम्मानमा चोट पुगेको अध्यक्ष तामाङले बताए ।
News Desk 0 response बिहिबार, असार २६, २०८२
संघले ५ बुद्धे मागहरु नेपाल सरकारको नीति अनुसार सेवारत कर्मचारीहरुको तलब मान वृद्धि हुँदा राष्ट्रसेवकहरुको पनि सरकारकै नीति अनुसार पेन्सन वृद्धि हुनु जर्ने, सरकाले तलबमा वृद्धि गर्दा सरकारी भार थपिन्छ भने तत्काल नियम संशोधन गरी सेवा निवृत्तहरुलाई पनि पेन्सन वृद्धिको अनुपातमा महंगी भत्ता दिने व्यवस्था मिलाइयोस् ।
राष्ट्रसेवाक सेवा निवृत्त कर्मचारीहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध हुँदैन तर सेवा निवृत्त भएकाहरुलाई ७५ वर्ष पछी मात्रै १० प्रतिशत वृद्धीको व्यवस्था छ ।
सो व्यवस्था अन्य ज्येष्ठ नागरिक सरह नै ७० वर्षमा थप हुने गरी व्यवस्था मिलानु पर्ने जस्ता मागहरु राखेका थिए ।
ज्ञापनपत्रमा उल्लेख गरिए अनुसार, सेवा निवृत्त भए पनि राष्ट्रले आवश्यकता ठानेमा आफूहरू अझै पनि राष्ट्र सेवामा योगदान दिन तयार रहेको बताएका थिए ।
संघले देशभर रहेका सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू मार्फत शान्तिपूर्ण तर प्रभावकारी आन्दोलनका चरणहरू तय गर्ने जानकारी गराउँदै राज्यलाई संवेदनशील बन्न आग्रह गरेका छन् ।
त्यस्तै संघले ज्ञापनपत्र मार्फत विभिन्न राजनैतिका पार्टीको केन्द्रिय कार्यलयलाई समेत वोदार्थ उठाएको छ ।
नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघका केन्द्रिय महासचिव कुमार श्रेष्ठ,प्रवक्ता हेमन्त गौतम, नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ इटहरीका अध्यक्ष कृष्ण नेपाल,सचिव राजु गौतम, कोषाध्यक्ष रन्जिता ढकाल लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३