• इटहरी । पूर्व विद्यार्थी समूह, जनता माध्यमिक विद्यालय, इटहरी द्वारा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका शिक्षासेवीहरू बलराम पोखरेल र प्रेमप्रसाद न्यौपानेलाई सम्मान तथा अभिनन्दन गरिएको छ ।
    गुुरुपुर्णिमाको अवसरमा जनता माध्यमिक विद्यालयका ४८ जना पूर्व विद्यार्थीहरूको सक्रिय पहलमा आयोजित उक्त कार्यक्रमले “गुरु प्रति सम्मान, र समाज प्रति योगदान“ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै शिक्षा, संस्कार र समाज निर्माणमा योगदान दिने मुख्य आकर्षणका रूपमा रहेका शिक्षासेवी पोखरेल र न्यौपानेलाई खादा, सम्मान पत्र, फुलमाला र शुभकामना सहित अभिनन्दन गरियो ।

    इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयकोे सभाहलमा भएको कार्यक्रम पूर्व विद्यार्थी समूहका अध्यक्ष लक्ष्मण निरौलाको अध्यक्षता तथा शिक्षासेवी सुवर्ण बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न गरेको थियो ।
    तिनीहरूले आफ्ना दशकौं लामो शैक्षिक यात्राका अनुभवहरू, शिक्षा प्रणालीको महत्व, विद्यार्थी र शिक्षकबीचको सम्बन्ध, र आजको पुस्ताले कस्तो सोच राख्नुपर्छ भन्ने विषयमा पुर्व विद्यार्थीहरुले मन्तव्य राखेका थिए ।

    सभापति लक्ष्मण निरौलाले कार्यक्रम मार्फत शिक्षासेवीहरूको योगदानलाई स्मरण गर्दै “हामी जस्ता सयौं विद्यार्थीहरूको जीवन निर्माणमा मार्गदर्शन गर्ने गुरुहरूलाई सम्मान गर्न पाउनु हामी सबैका लागि गर्वको विषय रहेको बताए ।
    कार्यक्रमका प्रमुख अतिथि सुवर्ण बहादुर थापाले शिक्षासेवीहरूको योगदानलाई युगानुयुग सम्झन लायक हुने बताउँदै गुरुहरूले दिएको ज्ञानले हामीलाई आजको स्थितिमा पु¥याएको हो । त्यही ज्ञानको सम्मान गर्नु नै असल संस्कार रहेको बताए ।
    पूर्व विद्यार्थी समूहले गरेको यो कार्यक्रमले केवल सम्मानका लागि मात्र नभई भावी पुस्ताहरुलाई शिक्षाको महत्वबारे जानकारी गराएको आयोजकका श्रीप्रसाद पोख्रेलले बताए ।

    कार्यक्रममा जनता माविका प्रधानाध्यापक पशुपति सिग्देल, पूर्व विद्यार्थी समूहका सचिव रामबाबु नेपाल,नागरिक समाज इटहरीका पुर्व अध्यक्ष राजु केसी,समावसेवीहरु लेखनाथ निरौला,बाबुराम प्रधान,ज्योती कोइराला, भाइसन बर्देवा लगायतका शिक्षकहरू, बिभिन्न क्षेत्रका व्यक्तित्व तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

4565