-
धनकुटा । स्वास्थ्य प्रवर्द्धन र सूचनाको प्रभावकारी व्यवस्थापनका लागि सञ्चारकर्मी र सरोकारवाला निकायबीचको सहकार्यलाई अझ सशक्त बनाउन धनकुटाको पाख्रिवासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कोशी प्रदेश सरकारले घोषणा गरेको “पर्यटन वर्ष २०८२” लाई मध्यनजर गर्दै स्वास्थ्य निर्देशनालय धनकुटाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य प्रवर्द्धन र सूचनाको प्रभावकारी व्यवस्थापनका लागि सञ्चारकर्मी र सरोकारवाला निकाय बीचको सहकार्यलाई अझ सशक्त बनाउन धनकुटाको पाख्रिवासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशस्तरीय स्वास्थ्य पूर्वाधार, सेवा पहुँच, जनस्वास्थ्यका चुनौती र सम्भावनाहरूको समग्र समीक्षा प्रस्तुत गर्दै वर्तमान सन्दर्भमा सञ्चारकर्मीहरूको भूमिकालाई अपरिहार्य बताउँदै राज्य र समाज बिच समाचार माध्यमको प्रभावकारिताका विषयमा जानकारी गराइका थिए ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत स्मृति लुइटेलले निर्देशनालयबाट हाल सञ्चालनमा रहेका कार्यक्रमहरूबाट पाएको उपलब्धि, थप सुधार गर्नुपर्ने पक्षहरू लगायतका विषयमा प्रस्तुति गरेकी थिन ।
उनले विशेष गरी कुष्ठरोग नियन्त्रण कार्यक्रम, मातृ तथा शिशु स्वास्थ्य सेवा, स्वास्थ्य जनचेतना अभिवृद्धिका प्रयासहरू, तथा दिगो विकास सँग जोडिएका कार्यक्रमहरूको तथ्यांक सहितको विवरण प्रस्तुत गरेका थिइन ।कार्यक्रममा कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, संखुवासभा, धनकुटा, तेह्रथुम र भोजपुर जिल्लाबाट सहभागी पत्रकारहरूले स्थानीय स्तरमा स्वास्थ्य सूचना सम्प्रेषणमा भइरहेका समस्या, पहुँचका चुनौती, सूचनाको विश्वसनीयता तथा स्रोत पक्षका कमजोरीबारे समेत प्रश्न उठाएका थिए।

कार्यक्रममा सहभागीहरूले पाख्रिवास जस्ता ग्रामीण क्षेत्रमा यस्ता अन्तर्क्रिया कार्यक्रमले स्थानीय सन्दर्भलाई उजागर गर्न सहयोग पु¥याउने र नीति निर्माण तहमा जनस्तरको आवाज पु¥याउने माध्यमको रुपमा बन्ने विश्वास ब्यक्त गरे ।
स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले पत्रकार र स्वास्थ्य क्षेत्र बिच विश्वास र सहकार्यको वातावरण निर्माण गर्दै आगामी दिनमा जनस्वास्थ्य प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ।
News Desk 0 response बुधबार, असार २५, २०८२
कायृक्रममा जनस्वास्थ्य निरिक्षक अनिल कुमार प्रधान, क्षयरोग तथा कुष्ठरोग अधिकृत तुलसी गुराँगाईँ, नेपाल पत्रकार महासंघ मोरङकी जिल्ला अध्यक्ष सुसिला पाठक लगायतको सअभागिता रहेको थियो ।
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२





