-
इटहरी। धार्मिक जागरणमा जोड दिदै सुनसरीको इटहरीमा प्रतियोगितात्मक हनुमान चालिसा वाचन कार्यक्रम आयोजना गरिएको छ ।
बालाजी जेष्ठ नागरिक समाज इटहरीको आयोजनामा प्रतियोगितात्मक हनुमान चालिसा वाचन कार्यक्रम गरिएको हो । धर्म ,संस्कृत संरक्षण तथा आध्यात्मिक चेतना वढाउने उद्धेश्यले खुल्ला रुपमा प्रतियोगिता हनुमान चालिसा वाचन कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक कृष्णविनोद लम्सालले जानकारी दिए ।किसान कल्याण वचत तथा ऋण सहकारी संस्थाको सहआयोजना रहेको प्रतियोगितात्मक हनुमान चालिसा वाचन कार्यक्रममा २२जनाको सहभागिता रहेको थियो । बालाजी जेष्ठ नागरिक समाजका अध्यक्ष जीवनाथ नेपालको अध्यक्षता तथा शिक्षासेवी लेखनाथ घिमीरेको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको निर्णायकमा पंण्डित गणेशप्रसाद ढकाल, सामाजिक अभियन्ता खेमराज अधिकारी , धु्रव राज गौतम रहेका थिए भने प्रतियोगितामा जगदिस सापकोटा प्रथम ,शोभा खड्का दोस्रो , खिना खतिवडा तेस्रो र शान्त्वना मञ्जु कार्की भएका छन ।

प्रतियोगितामा प्रथम ,दोस्रो , तेस्रो र शान्त्वना हुनेलाई कार्यक्रमका प्रमुख अतिथी घिमीरे लगायतले पुरस्कृत गरेका थिए । कार्यक्रममा किसान कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शालिकराम ढकाल, इटहरी उपमहानगरपालिका वडा नम्बर १६की वडासदस्य खिना खतिवडा लगायतको आतिथ्य रहेको थियो ।
News Desk 0 response मङ्लबार, असार २४, २०८२
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३