-
इटहरी । इटहरी उपमहानगरपालिका–६ नं वडामा रहेका विभिन्न टोल विकास समिति तथा स्थानीय संघसंस्थामा आवद्ध महिला प्रतिनिधिहरूको क्षमता अभिवृद्धिका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सहित लागुऔषध दुव्र्यसन सम्बन्धी तीन दिने सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयद्वारा आयोजित कार्यक्रम असार २२ गतेदेखि २४ गते सम्म संचालन भएको थियो । कार्यक्रममा महिला प्रतिनिधिहरूलाई प्रस्तावना लेखनका प्रविधि, संरचना, आवश्यक्ता तथा व्यावहारिक ज्ञान प्रदान गरिनुका साथै बर्तमान समाजमा बढ्दो लागुऔषध दुव्र्यसनको समस्या, त्यसका कारण, असर र समाधानका उपायबारे विस्तृत रूपमा जानकारी दिइएको थियो ।तीन दिन सम्म सञ्चालन भएको उक्त कार्यक्रमको पहिलो दिन प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तालिम दिइएको थियो ।
इटहरी उपमहानगरपालिकाका कानुनी सल्लाहकार कमल पोखरेलले तालिमको सहजीकरण गर्दै प्रस्तावना तयार पार्दा विषय वस्तु, उद्देश्य, गतिविधि, प्रतिफल र लागत–लाभ विश्लेषण लगायतका पक्षहरूमा ध्यान दिनुपर्ने बताए ।
उनले स्थानीय सरकारको नीति तथा कार्यक्रम सँग मेल खाने खालका प्रस्तावहरू तयार पार्न सकिने विधिहरू पनि सहभागीहरू सिकाएका थिए ।
कार्यक्रमको दोस्रो र तेस्रो दिन लागुऔषध दुव्र्यसनसम्बन्धी जनचेतनामूलक कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीकी वरिष्ठ प्रहरी नायब निरीक्षक कृष्णा कुमारी अधिकारीले सहजीकरण गर्दै वर्तमान समाजमा लागुऔषध प्रयोग दिन प्रतिदिन बढ्दै गएको, त्यसले युवा पुस्तामा गम्भीर असर पारिरहेको र त्यसको रोकथाममा महिला नेतृत्वको भूमिका महत्त्वपूर्ण रहने बताइन् ।
News Desk 0 response मङ्लबार, असार २४, २०८२
उनले लागुऔषध सेवन गर्नु, अरुलाई सेवन गराउनु, बिक्री बितरण गर्नु वा ओसार पसारमा संलग्न हुनु जस्ता क्रियाकलापहरू कानुनी अपराध भएको स्पष्ट पार्दै, यस्ता गतिविधि बाट समाजलाई जोगाउन महिलाहरूको भूमिका सशक्त हुनु आवश्यक रहेको उल्लेख गरिन ।
साथै, प्रहरीले समुदाय स्तरमै पुगेर सचेतना मूलक कार्यक्रम, निगरानी र सहयोगी अभियानहरू सञ्चालन गरिरहेको पनि जानकारी दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगर पालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष दिवश पोखरेलले यस्ता कार्यक्रमहरूले महिलाहरूको व्यक्तिगत क्षमता वृद्धिमात्र नभइ उनीहरूलाई सामाजिक सरोकारमा अझ सक्रिय बनाउने विश्वास व्यक्त गरे ।
स्थानीय सरकारको सीमित स्रोत साधनका बीच पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको र आगामी दिनमा थप व्यवहारिक तालिम र सामाजिक सचेतना मूलक गतिविधि सञ्चालन गर्ने बताए ।
कार्यक्रममा वडा सदस्य रमला तामाङको अध्यक्षतामा भएको सम्पन्न गर्दै तामाङले सहभागी महिलाहरूलाई सिकेका सीप र जानकारीलाई व्यवहारमा उतार्न आग्रह गर्दै आगामी दिनमा वडास्तरीय महिलाहरुका लागी सामूहिक रूपमा कार्य अगाडि बढाइने बताइन ।
तीन दिनसम्मको कार्यक्रममा वडाका विभिन्न टोलका महिला समूह, आमा समूह र संघसंस्थाहरुबाट ६० जना बढी महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले यस्ता तालिमले आफूहरूको सीप र आत्मविश्वासमा वृद्धि गरेको अनुभव सुनाएका थिए ।
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





