-
विराटनगर । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशको विराटनगरमा स्वास्थ्य सेवा प्रवाहमा संलग्न संचारकर्मी,स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागितामा पैरवी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्य तथा भौतिक मन्त्री भुपेन्द्र राईको प्रमुख अतिथ्य तथा स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशस्तरीय स्वास्थ्य नीति तथा सेवा प्रवाहमा देखिएका समस्या, चुनौती र सम्भावनाबारे जानकारी गराउका थिए ।
स्वास्थ्य सेवाको गुणस्तर, पहुँच, जनचेतना, दरबन्दीको अभाव, भौतिक संरचना, औषधिको आपूर्ति लगायत विविध विषयमा सरोकारवालाहरूका प्रस्तुति तथा सुझावले कार्यक्रमलाई उद्देश्य अनुकूल प्रभावकारी बनाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री भुपेन्द्र राईले “हामीकहाँ अहिले अस्पतालहरूमा भीड बढिरहेको प्रमुख कारण भनेको हाम्रो जीवनशैली र नियमित व्यायाम नगर्ने, असन्तुलित खानपान र तनावपूर्ण दिनचर्याका कारण हामी धेरै जसो मानिसहरू औषधिमा निर्भर भइरहेको बताए ।
News Desk 0 response सोमवार, असार २३, २०८२
उनले स्वास्थ्य क्षेत्रमा जनताको जीवन सँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकोले यस क्षेत्रमा सुधार ल्याउन सरकार गम्भीर र प्रतिबद्ध रहेको उल्लेख ग।े
कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्य सचिव डा. राधिका थपलियाले संचारकर्मी र स्वास्थ्यकर्मीहरू स्वास्थ्य सेवा प्रणालीका मेरुदण्ड भएको बताउँदै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताइन ।
“नीति बनाउनेदेखि सेवा दिनेसम्म सबै तहबीच समन्वय नहुँदा समस्या आउने हुदा यस्ता कार्यक्रमहरूले नीतिगत सुधारका लागि आवश्यक रहेको आयोजकले जानकारी दिउ ।
कार्यक्रममा प्रदेश तथा स्थानीय तहका स्वास्थ्य प्रमुख, नगरपालिका स्तरका स्वास्थ्यकर्मी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, गैरसरकारी संस्था, लगायतको उपस्थिति रहेको थियो ।
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३





