• धरान । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघको १४औं स्थापना दिवस एक समारोहका साथ सम्पन्न भएको छ ।
    नेपाल राष्ट्रका विभिन्न तह र क्षेत्रमा रहेर आफ्नो जिवनको महत्वपूर्ण समय राष्ट्र सेवामा समर्पण गरेका सेवा निवृत्त प्राध्यापक, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती तथा विभिन्न संघ–संस्थामा कार्यरत भूतपूर्व कर्मचारीहरूको साझा संस्थाको रुपमा स्थापित नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघले आफ्नो स्थापना दिवश विविध कार्यक्रम गरि सम्पन्न गरेको हो ।
    संघको केन्द्रीय कार्यलय धरान उपमहानगरपालिका–४, खैरेनीटारमा भएको कार्यक्रममा संघका अध्यक्ष मछिन्द्र तामाङको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका उप–प्रमुख आइन्द्र बिक्रम बेघाको प्रमुख अतिथ्यता भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप–प्रमुख बेघाले सेवा निवृत्त कर्मचारीहरू राष्ट्र निर्माणका आधार स्तम्भ हुन् , आफ्नो कार्यकालमा राष्ट्रका विभिन्न क्षेत्रमा अमूल्य योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गर्नु सम्पूर्ण समाजको जिम्मेवारी बताए ।
    उनले संघले समाजको हितका लागि गरिरहेको कार्य प्रशंसनिय रहेको हुदा धरान उपमहानगरपालिकाको तर्फबाट आगामी दिनहरूमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।


    त्यसै गरि संघका अध्यक्ष मछिन्द्र तामाङले स्थापना कालदेखि हाल सम्मको यात्रा, सङ्घर्ष, उपलब्धि र भावी योजना सम्बन्धमा जानकारी गराएका थिए ।
    उनले सेवा निवृत्त कर्मचारीहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने, उनीहरूको अधिकार सुनिश्चित गर्ने र सम्मानजनक जीवनको सुनिश्चितताका लागि संघ निरन्तर क्रियाशील रहेको जानकारी दिए ।
    कार्यक्रममा विभिन्न अतिथिहरूले आ–आफ्ना धारणा राख्दै संघको योगदानको प्रशंसा गरेका थिए । उनीहरूले सेवा निवृत्त कर्मचारीहरूलाई राज्यले अझ सम्मान पूर्वक व्यवहार गर्नुपर्ने, उनीहरूको अनुभव, ज्ञान र सीपलाई समाजका लागि पुनः प्रयोग गर्न सकिने सम्भावनाहरूको रहेको बताएका थिए ।


    स्थापना दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
    लोक दोहोरी गायिका गंगा गौतम आचार्यको साङितिक प्रस्तुतिले कार्यक्रमलाई अझ रमाइलो बनाएको थियो ।
    संघले सेवा निवृत्र् कर्मचारीहरूको हक–हितको संरक्षण, सामाजिक सम्मान, स्वास्थ्य सुरक्षा, समावेशी सहभागिता तथा पुनः सशक्तीकरणका कार्यक्रमहरूलाई थप विस्तार गर्दै लैजाने उल्लेख गरेको छ।उक्त कार्यक्रमा धरान १७ निवासि ८२ वर्षिय दुर्गा प्रसाद पोख्रेललाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरियो ।


    त्यस्तै केन्द्रिय सदस्य निल बहादुर गहतराज बराहक्षेत्र २ बाट ५० बर्ष माथिका समुहबाट दौड प्रतियोगितामा नेपालमै तेस्रो , प्रदेश स्तरियमा दोश्रो र जेल्ल स्तरिय दौडमा प्रथम हुनेहरुलाई पनी पुरस्कृत तथा सम्मान गरिएको छ ।
    कार्यक्रममा निवृत्त कर्मचारी संघका केन्द्रिय सल्लाहकार वरिष्ठ मेडिकल अधिकृत श्रीराम प्रसाद साह
    , इटहरीका अध्यक्ष कृष्ण नेपाल ,सचिव राजु गौतम ,संघका प्रवक्ता हेमन्त गौतम,निवर्तमान अध्यक्ष मनिरामराई , सत्यनारायण चौधरी , प्रेमा लिम्बु , विभिन्न जिल्लाबाट आएका संघका सदस्य तथा स्थानीय समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
    सोही कार्यक्रमो अवसरमा धरानका समाजसेवी तारा देवी राईले सस्थाको भवन निर्माणका लागी रु २० हजार एक सय रुपैया प्रदान गरेका थिए ।

4565