-
धनकुटा । एन यू जे बिहारले पत्रकारिताको क्षेत्रमा गरेको योगदानको कदर गर्दै धनकुटाकी पत्रकार भण्डारीलाई सम्मान गरेको छ ।
पर्यटन वर्ष २०८२ लाई सफल वनाउन नेपाल आएका भारतीय पत्रकारका टोलीले धनकुटामा रहेर गोरखापत्र र सप्तकोशी टेलिभिजनमा कार्यरत पत्रकार कोकिला भण्डारीलाई सम्मान गरेको हो ।यस अघि नै भण्डारीले विभिन्न राष्ट्रिय स्तरको सम्मानहरु प्राप्त गरिसकेकि छन् ।
सामुदायिक वन पत्रकारिता पुरस्कार २०७५ ले सामुदायिक वन दिवस को अवसर पारेर वन वातावरण तथा पर्यटन मन्त्री शक्ति बहादुर वस्नेत ले सम्मान गर्नु भएको थियो भने नेपाल रेडक्रस , नेपाली सेनालगायतका दर्जनौ संस्थाबाट पनि भण्डारी सम्मानित भईसक्नु भएको छ ।
उनि एक संघर्षशील पत्रकार महिला हुन ।
उनले हालसम्म भ्रष्टचार, जिल्ला स्थित ओझेलमा रहेका एेतिहासिक पुरातात्विक सांस्कृतिक सम्पदा (पानढीकी टक्सार ) , धार्मिक स्थल, मुगामा रहेका एेतिहासि घरका लगायत पर्यटन प्रवर्द्दनमा समेत भण्डारीले कलम चलाउदै आएकी छिन ।
नेपाल सरकार कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालय, पर्यटन कार्यालय धरानको आयोजनामा सम्पन्न स्वदेशी तथा विदेशी सञ्चारकर्मिलाई गनतब्य परिचयात्मक पाँच दिवसिय भ्रमण कार्यक्रमको अवसरमा खोटाङ जिल्लाको दिक्तेलमा पुगि नेशनलिट युनियन अफ जर्नालिस्ट्स बिहार सुपौल ईकाइका सचिव कुमार अम्वरले बासुदेव बरालका सामु सम्मान पत्रले सम्मान गरेका हुन ।
कोशी सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई सफल पार्न प्रचाप्रसारकालागि नेपाल आएका भारतीय पत्रकार टोलिले उनलाई सम्मान गरेको हो ।धनकुटामा रहेर गोरखापत्र राष्ट्रिय दैनिक पत्रिका लागायत विभिन्न मिडियामा कार्यरत क्रियासिल पत्रकार भण्डारी लाई कोशी प्रदेशको पर्यटन प्रवर्दनमा पुर्याएको योगदानको कदर गर्दै भारतीय पत्रकार टोलीले पर्यटकीय गनतव्य अवलोकनका क्रममा सम्मान पत्रले सम्मान गरिएको प्रदेश सचिव अमर कुमारले जानकारी दिए ।
अज हिन्दी दैनिक जमिनि हकिकतका कुमार अमर , न्युज १८ टिभीका अमित कुमार झा, न्युज नेशन ईन्डियाका आशनारायण मिश्र, प्रभात कुवर हिन्दी दैनिकका सन्जय कुमार पपु , सिलगुरीका प्रमोद गिरी , सिकिमका प्रशान्त, काठमाण्डौका पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
News Desk 0 response शनिबार, असार २१, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





