-
इटहरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीको आयोजनामा शुक्रबारदेखि ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पुर्वी पृतनापति उपरथी गौरवकुमार केसीले एक समारोहका बीच गरेका हन ।
सो अबसरमा पृतनापति उपरथी केसीले खेलकुद शारीरिक तन्दुरुस्ती, समर्पण र अनुशासनको प्रतीक भएको बताउँदै यसले सैनिक क्षमताको विकास मात्र नभई राष्ट्रिय गौरव कायम राख्न पनि भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपाली सेनाका खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्ज्वल बनाउँदै आएको समेत उल्लेख गरे ।
नेपाली सेनाभित्र आयोजना गरिने यस्ता प्रतियोगिताको सफल सञ्चालनले खेलाडीहरूबीच प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न सहयोग गर्नुका साथै आपसी सद्भाव र भाइचार अभिवृद्धि हुने पनि बताए ।
आगामी असार ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत सामुहिक विधातर्फ फुटबल, भलिबल र बास्केटबल तथा एकल विधातर्फ एथलेटिक्स, बक्सिङ, पौडी, जुडो र तेक्वान्दो खेलमा प्रतिस्पर्धा हुनेछ ।
पूर्वी पृतनाअन्तर्गत रहेका नम्बर २ बाहिनी अड्डा हिले, नम्बर १८ बाहिनी अड्डा गाइघाट, र नम्बर २१ बाहिनी अड्डा चुलाचुली अन्तर्गतका गण तथा गुल्महरूका खेलाडीहरुले प्रतियोगितामा भाग लिएको बताइएको छ ।
News Desk 0 response शुक्रबार, असार २०, २०८२
प्रतियोगिता अन्तरगत उत्कृष्ट भएका खेलाडीहरुले आगामी भदौमा काठमाडौंमा आयोजना गरिने प्रधान सेनापति ट्रफी २०८२ मा सहभागिता जनाउने छन् ।
नेपाली सेनाले हरेक वर्ष यस्ता आन्तरिक प्रतियोगिता आयोजना गर्दै आएको छ ।
यस बाहेक सेनाको खेलकुद विभागमा आवद्ध खेलाडीहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





