• रामधुनी । महिलालाई आर्थिक रूपमा सक्षम बनाउने र स्वरोजगार तर्फ उन्मुख गराउने उद्देश्यले रामधुनी नगरपालिकाको सहयोगमा सञ्चालित एक महिने एडभान्स सिलाइ बुनाइ तालिम सम्पन्न भएको छ ।
    उपप्रमुख उद्यमशीलता प्रवद्र्धन कार्यक्रम अन्तर्गत जेष्ठ १५ गतेदेखि सुरु गरिएको तालिमको आज असार १९ गते समापन गरिएको हो ।
    तालिम रामधुनी नगरपालिकाको आर्थिक सहयोग तथा स्वेसा बुटिक एण्ड लेडिज टेलर्सको आयोजना संचालन भएको तालिममा रामधुनी नगरपालिकाका ९ वटै वडाबाट आएका महिलाहरूमध्ये १३ जना महिलाहरुलाई व्यावसायिक सिलाइ–कटाइ सम्बन्धी दक्षता प्रदान गरिएको छ ।

    रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले उक्त एडभान्स सिलाइ बुनाइ तालिम सिप विकास मार्फत महिला उद्यमशीलता प्रवद्र्धन गर्ने सफल प्रयासका रूपमा लिइएको छ ।
    स्थानीय महिलाको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन आफ्नो सीपलाई स्वरोजगार वा लघु उद्यम मार्फत प्रयोगमा ल्याउन सहभागीहरु लाइ अनुरोध गरिन ।

    त्यस्तै तालिममा सहभागी महिलाहरूले विभिन्न प्रकारका महिला पहिरनहरू कुर्ता सलवार, ब्लाउज, लेहंगा आदि सिलाउने, डिजाइन गर्ने, फिनिसिङ गर्ने सीपहरू सिकेको सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको अनुभव सुनाए ।
    कार्यक्रमकी सहजकर्ता मिना कुमारी भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने समापन सत्रमा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाको प्रमुख अतिथ्यमा भउको थियो ।
    समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी, उद्योग शाखा प्रमुख सुमन पौडेल, तथा कार्यपालिका सदस्यहरू शुशिला ढुंगाना, कमली मोची, र पवित्रा चौधरी लगायतको सहभागिता थियो ।

4565