-
इटहरी । इटहरीमा २०५८ सालमा स्थापना भएको स्वप्निल ब्यूटी क्लिनिकले आफ्नो २५औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।
सिटीइभिटी सँग सम्बद्ध प्राप्त स्वप्निल ब्यूटी क्लिनिक एण्ड ट्रेनिङ सेन्टरले सुन्दरता र व्यावसायिक सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको हो ।
ब्यूटी क्लिनिकले सौन्दर्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै महिलाहरूका लागी सौदर्य र आत्मनिर्भर बनाउने उदेश्यले गुणस्तरीय तालिमहरु संचालन गर्दै आएको छ ।
स्थापनाको २५ औं वार्षिक उत्सवको अवसरमा दुइ जनालाई सम्मान गरिएको छ ।
सम्मानित हुने हरुमा इटहरी उपमहानगरपालिका–४ मा रहेको निःसहाय बालबालिका आश्रम विगत चार दशकदेखि निरन्तर रूपमा सयौं असहाय बालबालिकाहरूको आश्रयदाता बनेर सेवा प्रदान गर्दै आएकी आश्रमकी संचालिका सुश्री गिता गौतमलाई नगद ११ हजार ५५ रुपैया सहित सम्मानपत्रले सम्मान गरिएको छ ।
त्यस्तै स्वप्निल ब्युटी क्लिनिकमा विभिन्न किसिमको ब्युटि पार्लर सम्बन्धि तालिकमहरु लिएर यसैलाई आफ्नो कर्मथलो बनाउदै, विगत १० वर्ष देखि क्लिनिकमा प्रायोगिक शिक्षा दिने सहायक प्रशिक्षकको रुपमा आबद्ध भइ सेवा प्रदान गर्दै आएकी युवा कुमारी बिष्टलाई नगद ५ हजार ५५ सहित सम्मान पत्रले सम्मान गरियो ।
सौन्दर्य व्यावसायिक तालिम मार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित क्लिनिकले नयाँ प्रविध मार्फत नियमित रूपमा विभिन्न सीपका तालिमहरू सञ्चालन गर्दै आएको छ ।
“केवल सौन्दर्य सेवामा सीमित नरही, महिलाहरूलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य रहेको स्वप्निल ब्युटी क्लिनिक एण्ड ट्रेनिङ सेन्टरकी व्यवस्थापक विजु बैनी श्रेष्ठले बताइन ।
News Desk 0 response सोमवार, असार १६, २०८२
कार्यक्रम नरेश कुमार श्रेष्ठको अध्यक्षता तथा निःसहाय बालबालिका आश्रमकी संचालिका सुश्री गिता गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेक अप पार्टिस्ट लोचन श्रेष्ठ, तरुणा राइ, सुजु राई, अस्मिता ओली श्रेष्ठ लगायतका समाजसेवीहरुको सभागिता रहेको थियो ।
ट्रेनिङ सेन्टरले हाल सम्म हजारौ महिलाहरुलाई मेकअप, फेसियल, हेयर डिजाइन, तथा आधुनिक ब्युटी थेरापी सम्बन्धी तालिमहरु प्रदान गरिसकेको छ ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





