• इटहरी । भगवान श्री जगन्नाथ, वलदेव र शुभद्रा महारानीको भव्य रथयात्रा महोत्सव यस वर्ष असार १४ गते इटहरीमा आयोजना हुने भएको छ।
    अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ स्कोन इटहरीको आयोजनामा हुने तेस्रो ऐतिहासिक रथयात्रा महोत्सवको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा इस्कोन इटहरीका अध्यक्ष ललितबहादुर बानियाँले विगतको सफलताको आधारमा यसपटकको रथयात्रा अझ भव्य र श्रद्धापूर्ण हुने विश्वास व्यक्त गरे।
    उनले भने, ूतीन वर्षदेखि निरन्तर गरिँदै आएको रथयात्रामा यो पटक अझ धेरै श्रद्धालु भक्तजनको सहभागिता रहनेछ।

    रथयात्रा कार्यक्रममा स्थानीय सामाजिक संघसंस्था, व्यवसायी, युवा समूह र सर्वसाधारण भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको उद्देश्य धार्मिक तथा सांस्कृतिक चेतना फैलाउनु, शान्ति, सेवा र आध्यात्मिक मार्गतर्फ समाजलाई प्रेरित गर्नु रहेको इस्कोन इटहरीले जनाएको छ।

    इटहरी उपमहानगरपालिका–६ मा अवस्थित इस्कोन इटहरीले विगत ८ वर्षदेखि वैदिक सनातन धर्मको प्रचार–प्रसार गर्दै आएको छ। संस्थाले श्रीमद्भागवत जस्ता ग्रन्थहरूको वितरण, गाउँ, शहर, विद्यालय र कलेजहरूमा आध्यात्मिक शिक्षा, तथा जीवनमूल्यमा आधारित प्रशिक्षण कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

    रथयात्रामा भगवान श्रीजगन्नाथको विशेष रथ, भक्तहरूको हरिनाम संकीर्तन, प्रसाद वितरण, र धार्मिक झाँकी लगायतका कार्यक्रमहरू समावेश हुने छन्।

    रथयात्राले इटहरीको धार्मिक वातावरणलाई समृद्ध पार्नुका साथै धार्मिक पर्यटनको दृष्टिले पनि योगदान पुर्‍याउने विश्वास गरिएको छ।

4565