-
वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको १६औं नगर सभाले आर्थिक वर्ष २०८२र०८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। उपप्रमुख नन्दकुमारी सुनुवारद्वारा प्रस्तुत बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ।
नगर प्रमुख रमेश कार्कीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरवासीको जीवनस्तर उकास्न दीर्घकालीन जनाहरूसहितको बजेट तर्जुमा गरिएको जानकारी दिए।
स्वस्थ्य नगर, समृद्ध नगरू नारासहित प्रस्तुत नीति तथा कार्यक्रममा ‘धरतीको पहिलो तीर्थ वराहक्षेत्र जाऔँ’ अभियानसमेत घोषणा गरिएको छ।

नगरपालिकाले स्वास्थ्य सेवा सुदृढीकरणका लागि चतरा र नगर अस्पतालमा आवश्यक संरचना निर्माण, ५० शैय्याको अस्पताल निर्माणका लागि संघीय सरकारसँग पहल, प्रयोगशाला स्तरोन्नति, विशेषज्ञ चिकित्सकको व्यवस्था, स्वास्थ्य बीमा तथा विपन्न वर्गका लागि निःशुल्क एम्बुलेन्स र शववाहन सेवा लगायतका कार्यक्रम समेटिएको छ।
‘स्वस्थ नगर, कुपोषणरहित वराहक्षेत्र’ अभियान अन्तर्गत ५ वर्ष मुनिका बालबालिकाका लागि पोषण कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य चौकीमा प्रयोगशाला क्षमता विस्तार, घरदैलो स्वास्थ्य सेवा र विद्यार्थीको आँखा परीक्षणजस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

शिक्षा क्षेत्रमा अनिवार्य तथा निःशुल्क शिक्षा, पढ्दै कमाउँदै कार्यक्रम, प्राविधिक धारमा प्रोत्साहन, क्याम्पसमा स्नातकोत्तर तह संचालनको पहल, विद्यालय सुधार योजना, शिक्षक र अभिभावक तालिम, विद्यालयको भौतिक पूर्वाधार विकास र अनुशासन कायम गर्ने कार्यक्रम समावेश गरिएको छ।
कृषि एम्बुलेन्स, श्रीलंका टप्पुमा सामूहिक खेती, कृषि बीमा, पौरखी किसान सम्मान, शीत भण्डार सञ्चालन, अर्गानिक उत्पादन प्रवर्द्धन, पशुपालनमा नश्ल सुधार, माछापालन, कृत्रिम गर्भाधारण सेवा, भेटनरी अस्पताल निर्माण लगायत कार्यक्रम सञ्चालन गरिनेछ।
कोशी पर्यटन वर्षलाई सफल बनाउन “धरतीको पहिलो तीर्थ वराहक्षेत्र जाऔँ” अभियान घोषणा गरिएको छ। मुन्दुम ट्रेल, कुम्भ क्षेत्र, कोशी किनार सन्ध्या आरती, श्रीलंका टप्पुमा होमस्टे, पुरातात्विक सम्पदा संरक्षण, आतिथ्य तालिम, धरान–इटहरी–वराहक्षेत्रलाई धार्मिक सर्किटमा विकास गर्ने योजना नीति कार्यक्रममा समावेश गरिएको छ।
नगरका सहरी क्षेत्रमा ६०र४० लागत साझेदारीमा सडक कालोपत्रे, ग्रामीण सडक विस्तार, कोसी कटान नियन्त्रण, सुकुम्बासी तथा भूमिहीन दलितलाई लालपुर्जा वितरण, सहकारी र बजार अनुगमन प्रभावकारी बनाइनेछ।
सार्वजनिक सेवा, सुशासन, खानेपानी, सीप विकास, युवा तथा खेलकुद र वातावरण संरक्षण सम्बन्धी कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश गरिएका छन्।

वराहक्षेत्र नगरपालिकाले आन्तरिक स्रोतबाट ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। बजेटमा संघीय सशर्त अनुदान ४७ करोड १ लाख, वित्तीय समानीकरण अनुदान १९ करोड ३४ लाख, संघीय राजस्व बाँडफाँट १५ करोड ९४ लाख, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ६ करोड ५४ लाख प्राप्त हुने अनुमान गरिएको छ।
नगर सभाको उद्घाटन कार्यक्रममा सगरमाथा आरोही चन्द्रकला राई, ११ जना जेष्ठ नागरिक, कृषि उद्यमी, करदाता, खेलाडी, पत्रकार, शिक्षक तथा कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो।
News Desk 0 response सोमवार, असार ९, २०८२
नगर प्रमुख कार्कीद्वारा प्रस्तुत नीति कार्यक्रम, उपप्रमुख सुनुवारले प्रस्तुत गरेको बजेट तथा आर्थिक विकास समितिका संयोजक तेजबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक तथा विनियोजन विधेयकमाथि मङ्गलबार छलफल गरिने जनाइएको छ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





