-
इटहरी । अन्तर्राष्ट्रिय रक्तदाता दिवस तथा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिती नेपाल इटहरीको आयोजनामा भएको रक्तदानमा ४३ पिन्ट रगत संकलन भएको छ ।
इटहरी उपमहानगर पालिका आगाडी भएको रक्तदान कार्यक्रममा विभिन्न संघ,सस्थाका प्रतिनिधीहरुले कार्यक्रममा रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमले समाजमा मानवताको भावना अभिवृद्धि गर्न सकिने र नियमित योग अभ्यासबाट व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिने र रक्तादान गरेर अस्पतालहरुमा उपचार्थहरुका लागी थोरै रगतले ज्यान बचाउन सकिने भएकोे रक्तदान दिवस र योग दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको पतञ्जली योग समिती नेपाल इटहरीकी अध्यक्ष उर्मिला कट्वालले बताइन ।

सोही अवसरमा एक सय चार पटक रक्तदान गरिसकेका समाजसेवी बाबुराम प्रधानलाई सम्मान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धरानको प्रविधिक सहयोग तथा नर्थ प्वाइन्ट इग्लिस वोडिगं स्कुल र इटहरी लेडी जेसिसको सहकार्य गरिएको कार्यक्रम सस्थाकी अध्यक्ष उर्मिला कट्वालको अध्यक्षता तथा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी इटहरीका सभापती दिनेश कुमार भट्टराई, पतञ्जली योग समिती सुनसरी अध्यक्ष ओम प्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो ।
News Desk 0 response सोमवार, असार २, २०८२
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२