-
रामधुनी । समाज कल्याण परिषद्, राष्ट्रिय स्वास्थ्य कोषले विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श कार्यक्रम रामधुनीको दुइ वटा विद्यालयमा सम्पन्न गरेको छ ।
रामधुनीका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई लक्षित गर्दै स्वास्थ्य, शिक्षा तथा परामर्श सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएको हो ।
समाज कल्याण परिषद्, राष्ट्रिय स्वास्थ्य कोषको आयोजना तथा रामधुनी नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा आत्महत्या रोकथाम तथा सुर्तीजन्य पदार्थको दुष्प्रभाव सम्बन्धी सहजीकरण गरिएको थियो ।

त्यस्तै मानसिक स्वास्थ्यको महत्व, आत्महत्या रोक्न अपनाउन सकिने उपायहरू, विद्यार्थीहरूमा देखिने मनोसामाजिक समस्याहरू तथा सुर्तीजन्य पदार्थले बालबालिकामा पार्ने नकारात्मक असरबारे अन्तरक्रियात्मक ढंगले जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा विशेषज्ञ डाक्टर पुजा दास, डाक्टर नितु मेहता र एम एन किरण यादब लगायतले सहजिकरण गरेका थिए ।
सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको सामाजिक चेतना, आत्मविश्वास तथा जीवन प्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।
समाज कल्याण परिषद् अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषले सुनसरीको रामधुनी नगरपालिका अन्तरगत रहेका सामुदायिक विद्यालयमा अध्यनत विद्यार्थीहरुमा हुने मनोसामाजिक समस्याहरू, नकारात्मक असरबारे बालबालिकाहरूलाई लक्षित गरी “स्वास्थ्य, शिक्षा तथा परामर्श कार्यक्रमहरु संचालन गर्दै आएको समाज कल्याण परिषद्का सदस्य सचिव मेघराज न्यौपानेले जानकारी दिए ।
कार्यक्रमले बालबालिकाको समग्र शारीरिक तथा मानसिक स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्नेसम्बन्धी परामर्शले विद्यार्थीहरुमा सुधार आउने शनिश्चरे माविका प्रधानध्यापक शंकर कुमार चौधरीले विश्वास गरे ।
कार्यक्रममा शनिश्चरे मावि र चन्द्रकमर माविका दुई सय बढी विद्याथीहरुको सहभागिता रहेको थियो ।
News Desk 0 response सोमवार, असार २, २०८२
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३