-
सुनसरी । शिक्षा, स्वास्थ्य र आय–आर्जनका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण गरेको छ ।
रामधुनी नगरपालिका वडा नम्बर ८ मा रहेको शनिश्चरे माध्यमिक विद्यालय र ठुलेमोहर आधारभूत विद्यालयका अध्यनरत ३५ जना विद्यार्थीहरु लाई स्कुल झोला, कापी, ट्रयाकसुट, जुत्ता, स्टेशनरी तथा सरसफाइका सामग्रीहरू वितरण गरियो ।
सामुदायक विद्यालयमा अध्यनरत गरिब तथा विपन्न समुदायका बालबालिकालाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईका अनुसार, स्थानीय विद्यालयहरूसँग सहकार्य गर्दै, जनजाति, दलित तथा विपन्न वर्गका बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउने उद्देश्यले सेभ द अर्थले विभिन्न सहयोग मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।
उनले रामधुनी नगर पालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकाहरु लाई करिब ७० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिसकेको र आगामी योजनामा थप विद्यालय समेट्दै सामग्री वितरणको दायरा विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष भट्टराई जानकारी दिए ।
सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा सकारात्मक ऊर्जा थप्ने र शिक्षा प्रतिको अभिरुचि बढाउने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा शनिश्चरे माध्यमिक विद्यालयका १९ जना र ठुलेमोहर आधारभूत विद्यालयका १६ जना गरी जम्मा ३५ जना कक्षा १ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरूलाई वितरण गरेको छ ।
एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत कार्यरत शिक्षा सहायक राधा चौधरीको संयोजनमा भएको कार्यक्रममा शनिश्चरे माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकरकुमार चौधरी, समाज कल्याण परिषद्का सदस्य सचिव मेघराज न्यौपाने, एग्रिकल्चरका प्रविधिक विशाल चौधरी लगायतले वितरण गरेका थिए ।
News Desk 0 response सोमवार, असार २, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२ -
ड्राइभिङ स्कूल संघ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन
शुक्रबार, असार २७, २०८२
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२
-
सडक सुरक्षाका लागि युवाको पहल ः तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न
बुधबार, असार २५, २०८२ -
मन्जुश्री फाइनान्सले लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण
मङ्लबार, असार २४, २०८२ -
स्वास्थ्य र सञ्चारको सहकार्यमा जोड दिँदै पाख्रिवासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
बुधबार, असार २५, २०८२