-
रामधुनी । एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तरगत आयोजना गरेको बाल क्लब संरक्षण तालिम सम्पन्न गरेको छ ।
रामधुनी नगरपालिका वडा नं. ८, डुम्राहामा भएको बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न भएको हो ।
सेभ द अर्थ, सुनसरीको आयोजना तथा इटिसी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भएको
२०७८ साल भदौमा रामधुनी नगरपालिका लाई बालमैत्री नगर घोषणा भइसकेपछि बालबालिकाको संरक्षण र अधिकार सुनिश्चित भएको छ की छैन भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरेको हो ।
तलिममा नगरबाल हेल्प डेक्सका अमन ढुंगेलले बालमैत्री घोषणा पछि बालबालिकाको हक, हित, संरक्षण तथा समग्र विकासका लागि वडाले गरिरहेको प्रयास, चुनौती र आगामी कार्ययोजना सम्बन्धमा सहजिकरण गरेका थिए ।
एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत शिक्षा सहायक राधा चौधरीले बाल सञ्जालहरूको भूमिकाबारे जानकारी दिँदै बाल संरक्षणमा समुदायको साझा प्रयास आवश्यक रहेको बताइन् ।
News Desk 0 response आइतवार, असार १, २०८२
तालिमले बाल क्लबका प्रतिनिधिहरूलाई नेतृत्व विकास, बाल अधिकार संरक्षण र बाल सहभागीताका अभ्यासका विषयहरुमा ज्ञान प्रदान गरेको सहभागिहरुले बताएका छन् ।
तालिम एकता वडा बाल सञ्जालका अध्यक्ष युकेश परियारको अध्यक्षता तथा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष सुरेन्द्र सिंह खवासले बालमैत्री अवधारणालाई व्यवहारमा उतार्न यस्ता तालिमहरू महत्त्वपूर्ण हुने बताएका थिए।
एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत कार्यरत शिक्षा सहायक राधा चौधरीले बालमैत्री अवधारणा, स्थानीय तहको भूमिका र बाल सञ्जालहरूको सक्रियता सम्बन्धी जानकारी प्रस्तुत गर्दै बालमैत्री वडाको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताइन ।
कार्यक्रम एकता वडा बाल सञ्जालका अध्यक्ष युकेश परियारको अध्यक्षता तथा रामधुनी वडा नम्बर. ८ का वडाध्यक्ष सुरेन्द्रसिंह खवासको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा वडास्तरीय बाल सञ्जाल, अभिभावक, सामाजिक अगुवा, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





