-
धनकुटा । जिल्ला विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिको आयोजनामा बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपहरूको सम्भावनालाई मध्यनजर गर्दै ूमनसुन ५ू नामक कृतिम विपद् प्रतिकार्य अभ्यास धनकुटामा सम्पन्न भएको छ। बर्सेनि वर्षायामसँगै आउने विपद्का सम्भावित जोखिमबाट जनधनको क्षति न्युनिकरण गर्ने उद्देश्यले उक्त अभ्यास आयोजना गरिएको हो।
अभ्यासमा बाढी, पहिरो, डुबान र अन्य आपत्कालीन अवस्थाहरूमा उद्धार, राहत र प्राथमिक उपचारका विविध पक्ष समेटिएको थियो। अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखा, स्काउट, स्थानीय निकाय र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कृतिम अभ्यास अन्तर्गत नदीमा फसेकालाई डोरी, बोतल र अन्य स्थानीय स्रोत साधन प्रयोग गरी उद्धार गर्नुका साथै जेटबोटजस्ता प्रविधियुक्त उपकरण प्रयोग गरेर उद्धार कार्य प्रदर्शन गरिएको थियो। साथै उद्धार गरिएका व्यक्तिलाई तत्काल प्राथमिक उपचार दिइने अभ्यास पनि गरिएको थियो।
पाख्रिबास नगरपालिकाको सिमसार क्षेत्रमा सञ्चालित अभ्यासमा स्काउट र विद्यार्थीलाई उद्धार सामग्रीको प्रयोग, विपद् व्यवस्थापन र प्राथमिक उपचारका विषयमा जानकारी दिइएको थियो। यसैक्रममा जिल्लाका विभिन्न वडामा वितरण गरिएका विपद् सामग्री, तालिम लिएका फौज र सुरक्षाकर्मीहरूको भूमिकाबारे समेत जानकारी गराइएको थियो।

भिमदल गण सल्लेरी व्यारेकका प्रमुख सेनानी गणेश थापाले जिल्लामा हालसम्म १४३ वटा विपद् प्रतिकार्यसम्बन्धी कार्यक्रम सञ्चालन भइसकेको जानकारी दिए। उनले विपद् आइहालेमा तुरुन्त फौज परिचालन गर्न सक्ने तयारी अवस्थामा रहेकाले जनताको सुरक्षामा कुनै सम्झौता नगर्ने बताए।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले यस्तो अभ्यासले विपद्को समयमा सुरक्षाकर्मीहरू, सरोकारवाला निकायहरूबीचको समन्वय, पूर्वतयारी तथा प्रतिकार्य क्षमता वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
हाल कोशी प्रदेशमा भइरहेको निरन्तरको वर्षाले धनकुटाको तमोर नदी आसपास र साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो, कटान र डुबानको जोखिम बढेकाले वास्तविक सम्भावित विपद्का परिप्रेक्ष्यमा अभ्यास गरिएको थियो।

धनकुटा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी बल ६ नम्बर गुल्म छिन्ताङ, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस लगायतको संयुक्त समन्वयमा गरिएको उक्त अभ्यासले विपद् व्यवस्थापनको तयारीलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ।
अभ्यासका क्रममा विपद् जानकारी प्राप्त भएपछि सुरक्षानिकायहरूबीचको समन्वय, उद्धार टोली परिचालन, उद्धार कार्य सम्पन्न भएपछि राहत व्यवस्थापन र रिर्पोटिङ प्रणालीसम्मका सम्पूर्ण चरण अभ्यासमा समेटिएका थिए।
‘मनसुन ५’ अभ्यासले धनकुटा जिल्लाको समग्र विपद् प्रतिकार्य संयन्त्रलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
News Desk 0 response शनिबार, जेष्ठ ३१, २०८२
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





