• सुन्दरहरैचा । सिपका माध्यमबाट महिलाहरुलाई मौलिक हस्तकला प्रवद्र्धनसँगै आत्मनिर्भर बनाउने लक्ष्य सहित मोरङको सुन्दरहरैचा नगरपालिका १२ मा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न भएको छ ।
    सुन्दरहरैचा नगरपालिकाको आर्थिक सहयोग तथा प्रगति महिला समाजको आयोजनामा सञ्चालित तालिममा सबै वडाका एक एक जना गरि १५ जना लाई सहभागि गराएर ढाका कपडा बुनाइ तालिम संचालन गरिएको थियो ।
    तालिम समापन कार्यक्रममा प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिका नगरप्रमुख केदार प्रसाद गुरागाईंले तालिम लिएर आर्थिक उपार्जन गर्ने गरी दक्ष वनेर व्यावसाय सञ्चालन आग्रह गरेका छन ।
    आगामी आर्थिक वर्षमा बजेट बनाएर नगर वासी महिलाहरुका लागी एटभान्स तालिमको आयोजन गर्ने नगरप्रमुख गुरागाईंल बताए ।

    तालिममा सहभागी सर्मिला चौलागाँइले हामिले धेरै कुरा जानेउ सुरुमा तान समेत चलाउन आउदैन थियो सारिको बुट्टा हान्ने कसरी धगो मिलाउने जस्ता कपडा धेरै भएपछि कसरी बेर्ने काम जानिम र आगामी दिनमा घरैमा ब्यवसायिक बनेर आभ्मनिर्भर बन्न सहज भएको बताइन ।
    त्यस्तै प्रगती महिला समाजले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाइ , भविष्यमा घरेलु उद्योगको रुपमा विस्तार गरी व्यवसायिकरूपमा अगाडि बढ्ने र आर्थिक उत्थान, र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्य सहित तालिमको आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष पार्वती गच्छदारले बताइन ।

    तालिममा सबै वडाबाट एक एक जनाको गरीे १५ जना सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ भने १५ जना प्रशिक्षार्थी मध्ये हिरा कुमारी खवास उत्कृष्ट प्रशिक्षार्थी घोषणा गर्दै उन लाई ढाका बुन्ने तान उपहार प्रदान गरेका थिए ।
    ७८ दिने ढाका कपडा बुनाई तालिमको प्रशिक्षक सुमित्रा विश्वकर्माले प्रशिक्षण गराएकी थिन ।
    प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरहरैचा गरपालिकाकी उपप्रमुख अकली चौधरी,सामाजिक शाखा प्रमुख गुणनिधी दाहाल, कार्यपालिका सदस्यहरू रूजा घिमिरे, बबिता खापुङ, लगायतको सहभागिता रहेको थियो ।

4565