• इटहरी । केही दिन यता देखि क्रमिक रुपमा पुर्वी तराईमा गर्मी वढ्ने क्रम जारी रहेकोमा आज केही जिल्लाको ताक्रम वढेर ३७ डिग्री सम्म पुग्दा जनजिवन कष्टकर बन्न पुगेको छ ।

     गर्मी अत्याधिक रुपमा वढेर  मानिसको दैनिक कार्य तालिकामा समेत प्रभाव पार्दा जनजिवन कष्टकर वन्न पुगेको हो ।  तीन दिन यता देखि पुर्वी तराईका जिल्लाहरुमा गर्मी बढ्ने क्रम जारी रहेको छ । गर्मी वढी रहेको समयमा वर्षा नहुदाँ थप जनजिवन कष्टकर वन्दै आएको छ । गर्मीका कारण दैनिक ज्यालादारी काम गर्ने मजदुरहरु वढी प्रभावित भएका छन भने वालवालिका, जेष्ठ नागरिकहरु समेत गर्मीका कारण प्रभावित वन्न पुगेका छन । विद्यालयहरुमा अध्ययन गर्न आउने विद्यार्थीहरुको संख्या घटन थालेको छ । गर्मीले विद्यार्थीलाई समेत प्रभावित वनाएपछि पुर्वी तराईको सुनसरीका केही पालिकाले विद्यालय विदा दिने निर्णय समेत गरेका छन । इटहरी उपमहानगरपालिकाले गर्मी कारण पठनपाठन प्रभावित भएको भन्दै भोलीका लागि एक दिन विद्यालय विदा दिएको छ , त्यसै गरी इनरुवा नगरपालिकाले भोली देखि तीन दिनका लागि विद्यालय विदा दिएको छ । पुर्वी तराईमा  अत्याधिक गर्मी वढेपछि मानिसको दैनिक कार्यमा समेत प्रभाव पर्न थालेको छ । गर्मीका कारण सहर वजारमा मानिसहरुको चहलपहल घट्न थालेको छ भने विद्यालयमा विद्यार्थी संख्या समेत घट्न थालेको छ । अत्यावश्यक कामका लागि घर वाहिर निस्केका मानिसहरुले गर्मीबाट वच्न छाता ओडेर निस्कीएको तथा चिसो पेयपदार्थहरु पिएको देखिन्छ । 
4565