-
रामधुनी । एकीकृत सामुदायिक विकास कार्यक्रममा आवद्ध भएपछि सुनसरीको रामधुनीका महिलाहरुले हासिल गरेको सफलताको कथाहरु सुनाएका छन ।
इटिसी नेपाल काठमाडौंको सहयोगमा सेभ द अर्थ सुनसरीले रामधुनी नगरपालिकाको विभिन्न चार वटा वडामा सञ्चालन गरेको एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तरगत महिला सशक्तिकरण कार्यक्रममा आवद्ध महिलाहरुले कार्यक्रममा आवद्ध भएपछि हासिल गरेको सफलताको कथा वाचन गरेका हुन ।
विगत चार वर्ष देखि सेभ द अर्थले सञ्चालन गरिरहेको एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तरगत महिला सशक्तिकरणका लागि सञ्चालित ४४ समुहमा आवद्ध महिलाहरुको सहभागितामा सफलताको कथा वाचन कार्यक्रम राखिएको एकीकृत सामुदायिक विकास कार्यक्रम रामधुनीका प्रमुख हरिनारायण चौधरीले जानकारी दिए ।सफलताको कथामा महिलाहरुले एकीकृत सामुदायिक विकास कार्यक्रममा आवद्ध भएपछि हासिल गरेको सफलताको कथाहरु समेटेर प्रस्तुत गरेको समेत चौधरीले वताए ।
News Desk 0 response मङ्लबार, जेष्ठ २७, २०८२
महिला सशक्तिकरण कार्यक्रम अन्तरगत समुह वनाएर महिलाहरुलाई विउ पुँजी उपलव्ध गराएर पशुपालन , व्यापार , सिलाईकटाई आदीमा सहभागिता गराइएको छ ।
विउ पुँजीको सदुपयोग गर्दै समुहमा आवद्ध महिलाहरुले आयआर्जन गर्न सफल हुन थालेका छन ।
सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षतामा रामधुनी नगरपालिकाको झुम्कामा रहेको थारु महिला उत्थानको सभाहलमा भएको सफलताका कथा वाचन कार्यक्रममा समाज शास्त्रका अध्यापक विकास कार्की , इटिसी नेपालका कार्यक्रम अधिकृत आकास शाह लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२