• सुनसरी । अहमदिया संघ नेपालले सुनसरीको भोक्राहा नरसिङ ६, पोखरेल कामत टोलका अग्नि पीडितहरु लाई राहत वितरण शिविर सम्पन्न गरेको छ ।
    सबैलाई माया, कसैको लागि घृणा नगरुम भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले विपतमा परेकाहरु लाई विभिन्न सहयोग गर्दै आएको हो ।

    चामल २५ केजी, दाल ३ केजी, खाने तेल १ लिटर, चाउचाउ १ काटन , भुजा ४ केजी, चना १ केजी जीरा ,धनिया, साबुन, लगाधूने ४थान नुहाउने ४ थान, पेस्ट १ विस्कुट १२ थान, व्रस गरी १५ प्रकारका किराना सामग्रीहरु ६ घर परिवारलाई वितरण गरिएको अहमदिया संघ नेपालका केन्द्रिय सदस्य हैदर मियाँले जानकारी दिए ।
    पिडितहरु लाई केहीमात्रमा सहयोग पुगोस भन्ने उदेश्यले अहमदिया संघ नेपालले राहत सामाग्रीहरु वितरण गरिएको केन्द्रिय सदस्य मियाँले बताए ।

    त्यस्तै कार्यक्रममा बोल्दै अहमदिया संघ नेपालका केन्द्रिय उपाध्यक्ष मोहम्मद इस्माईले अहमदिया मुस्लिमहरुले वास्तविक पिडितहरु लाई आत्मसात गर्दै समाजमा हाम्रो सानो सहयोगले भाइचारा विस्तार गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको जानकारी गराएका थिए ।
    राहात पाए पछी पिडतहरु खुसि भएको बुधराम उराउले बताए ।
    स्थानिय नितेस कुमार यादबले संयोजन गरेको कार्यक्रममा अहमदिया संघ नेपालका मोरङ,सुनसरी इन्चार्ज सञ्जाद अहमद साद,सुन्दरहरैचाका कार्यक्रम ब्यवस्थापक मोहमद अकबर लगायतले विभिन्न खाद्यन्न सामाग्रीहरु वितरण गरेका थिए ।

    तेस्तै केही दिन आगाडी धनपाल गाउँपालिका ६ स्थित सौरगाछीमा भएको आगलागीबाट प्रभावित १५ घर परिवारहरूलाई विभिन्न आवश्यक राहत सामग्रीहरु वितरण गरिसकेको छ ।

4565