• इटहरी । वैदिक सनातन धर्मावलम्बीले आज निर्जला एकादशीका दिने घर घरमा रहेको मठमा तुलसीको दल राख्दै छन् ।
    प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राखिन्छ ।
    आजका दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।
    यस दिन रोपेको बिउ एक महिना पछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।
    आषाढ शुक्ल एकादशी देखि कार्तिक शुक्ल एकादशीका दिन सम्म तुलसीको विशेष पूजा गरिने चलन रहेको छ ।

    अजा पुर्वको विभिन्न धार्मिक स्थलहरुमा विहानै देखि पुजा अर्चनाका लागी भक्तजनहरुको भिड लागेको छ ।
    यसलाई तुलसी हुर्काइबढाई दामोदर सँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।
    चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिन्छ । आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ ।
    तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञान समेतले प्रमाणित गरेको यस अवसरमा देशभरका मन्दिरहरुमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

4565