• मोरङ । अहमदिया संघ नेपाललले मोरङको धनपाल गाउँपालिका–६, सौरगाछीमा अग्नि पीडितहरु लाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।
    सबैलाई माया, कसैको लागि घृणा नगरुम भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले विपतमा परेकाहरु लाई विभिन्न सहयोग गर्दै आएको हो ।
    तेस्तै केही दिन आगाडी धनपाल गाउँपालिका ६ स्थित सौरगाछीमा भएको आगलागीबाट प्रभावित परिवारहरूलाई विभिन्न आवश्यक राहत सामग्रीहरु वितरण गरिएको छ ।
    चामल २५ केजी ,नुन २ केजी,चना १ केजी, चिनी २ केजी, दाल २केजी, खाने तेल २ लिटर,मटर १ केजी,चाउचाउ,भुजा,साबुन,मसला लगायतका १९ प्रकारका सामाग्रीहरु १५ घर परिवार लाई वितरण गरिएको अहमदिया संघ नेपालका केन्द्रिय सदस्य हैदर मियाँले जानकारी दिए ।
    त्यस्तै कार्यक्रममा बोल्दै अहमदिया संघ नेपालका केन्द्रिय उपाध्यक्ष अध्यक्ष मोहम्मद इस्माईले अहमदिया मुस्लिमहरुले वास्तविक पिडितहरु लाई आत्मसात गर्दै समाजमा हाम्रो सानो सहयोगले भाइचारा विस्तार गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको जानकारी गराएका थिए ।

    सोही अनुसार धनपाल गाउँपालिका ६ सौरगाछीमा आगलागी बाट पिडितहरु लाई केहीमात्रमा सहयोग पुगोस भन्ने उदेश्यले अहमदिया संघ नेपालले विभिन्न खाद्यन्न सामाग्रीहरु वितरण गरिएको बताए ।
    राहत वितरण कार्यक्रममा बोल्दै धनपाल गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदारले आगलागीका कारण प्रभावित परिवारहरूको जीवनमा सुधार ल्याउनका लागि यस्ता राहतकार्य महत्वपूर्ण भएको बताए ।

    गच्छदारले सबै मिलेर एक आपसमा सहयोग गरेर आगलागीबाट प्रभावित भएका व्यक्तिहरू लाई साहनाभूति प्रकट गर्दै, राहत सामग्री सहयोग गर्ने अहमदिया संघ नेपाल परिवार लाई
    धन्यवाद दिए ।
    धनपाल गाउँपालिका अपाङ्गता रोकथाम संयोजक ठाकुर प्रसाद राजबंशीको सम्योजनमा भएको राहत वितरण कार्यक्रममा धनपाल गाउँपालिकाकी उपाध्यक्ष नसिमा वानो , धनपाल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मोहमद हुसैन, वडा नम्बर ७ का अध्यक्ष सन्तोस कुमार यादव र प्रहरी चौकीका इन्चार्ज सई सुर्य बहादुर बस्नेत लगायतले राहात वितरण गरेका थिए ।

4565