• बेलबारी । वैशाख पुर्णिमा देखि १५ दिन सम्म किरात राईहरुले वर्षेनि मनाउदै आएको साकेला उभौलि पर्व इमान,स्मृती साकेला समुहले विधिवतरुपमा सम्पन्न गरेको छ ।
    परम्परागत सस्कृतिको जर्गेणा गर्ने उदेश्यले मोरङको बेलबारी ४का युवाहरुले विभिन्न स्थानमा रहेका साकेला थानहरुमा पुजा तथा साकेला नाँच गर्दै उभौलि पर्व मनाएका थिए मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ इमानसिहं चौक र बेलबारीका युवाहरुले उभौलि साकेलाको विधिवत रुपमा परम्परागत साकेला सिली प्रस्तुत गरेर समापन गरेका थिए जिल्ला व्यापि रुपमा मनाइने किरात समुदायले प्रकृति पुजाको चक्र र परम्परा संकृतिको जर्गेणा गर्ने र युवाहरुलाइ पनि सस्कृतिको जर्गेणा गर्ने उदेश्यले बेलबारी ४ का सबै जातजातिका युवाहरु समेतको सहभागितामा इमान,स्मृती साकेला समुहले आयोजना गरेको कार्यक्रममा सहभागि तथा सहयोगीहरु लाई प्रसंसा पत्र द्धारा सम्मान गरिएको आयोजकले जनाएको छ ।

    परम्परा गत संकृतिको जर्गेणा गर्ने उदेश्यले बेलबारी ४ का सबै जातजातिका युवाहरु लाई विभिन्न स्थानमा भएकोे उभौली पर्वमा सहभागी गराई साकेला सिली विभिवतरुजमा सम्पन्न गरिएकोे इमान,स्मृती साकेला समुहका संयोजक सुजन राईले जानकारी दिए ।
    प्रकृति पुजक किरातिहरुले हरेक वषर्मा २ पटक प्रकृतिको पुजा गर्ने गर्दछन सोहि पुजालाइ साकेलाको रुपमा आफ्नै भेषभुषामा सजिएर मनाउने चलन रहेको छ ।
    इमानसिंह चौकमा भएको समापन कार्यक्रममा किरात राई यायोक्खा प्राराम्भिक टोली लेटाङ लगायतका स्थानबाट सहभागिता जनाएका थिए ।
    मंसिर र वैशाखमा यो पर्व मनाउने गरिन्छ । मंसिरमा मनाउने साकेलालाइ उधौलि र बैशाखमा मनाउनेलाइ उभौलि पर्व भन्ने गरिन्छ ।

4565