• इटहरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर समितिले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यतालाई बलियो बनाउँदै सुशासन, पारदर्शिता र जनउत्तरदायीत्वका पक्षमा २३ बुँदे माग तथा सुझाव सहितको ज्ञापनपत्र इटहरी उपमहानगरपालिकाकी कार्यवाहक मेयर संगिता कुमारी चौधरीलाई बुझाएको छ ।
    नगर समितिका संयोजक गौरिमान परियारको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले इटहरी उपमहानगरको समसामयिक प्रशासनिक, आर्थिक, सामाजिक र पूर्वाधार सम्बन्धी विषयमा देखिएका कमी कमजोरी प्रति ध्यानाकर्षण गराउँदै तत्काल सुधारको माग गरेको हो ।
    नगरभित्र सम्पन्न योजना भुक्तानी देखि अनावश्यक कर्मचारी राख्ने, अस्पताल तथा विद्यालयमा देखिएको नीतिगत भ्रष्टाचार, खर्चमा अपारदर्शिता र कृषि क्षेत्रमा सहुलियत जस्ता विविध विषय समेटिएका छन्। ।
    विशेषगरी विद्युत बस खरिद, अस्पतालमा सीटी स्क्यान जडान, खोलामा तटबन्ध, शिक्षामा गुणस्तर सुधार, पारदर्र्शी बजेट तर्जुमा लगायतका बिषयलाई प्रमुख प्राथमिकताका रूपमा उठाइएको छ ।


    कार्यवाहक मेयर चौधरीले ज्ञापनपत्र बुज्दैैै आगामी बजेट निर्माण प्रक्रिया सबै राजनीतिक दलहरू संग छलफल र सहकार्यमा सबै रानैतिक दलहरुको सहयोग आवस्यक रहेको भन्दै उपमहानगरको विकासमा सहकार्य आवश्यक रहेको धारणा राख्दै उपयुक्त समयमा छलफलका लागि बोलाउने प्रतिबद्धता व्यक्त गरिन्। ।
    नेकपा (एकीकृत समाजवादी)ले उक्त ज्ञापन मार्फत वर्तमान व्यवस्थाको कमजोरीहरूलाई सुधार गर्दै इटहरीलाई समावेशी, उत्तरदायी र जनमुखी प्रशासन मार्फत समुन्नत नगर बनाउने तर्फ अग्रसर हुन नगर सरकारलाई ध्यानाकार्षण गराएको समाजवादीका प्रदेश कमिटी सदस्य रमेश खत्रीले जानकारी दिए ।
    ज्ञापनपत्र वितरण कार्यक्रममा समाजवादीका प्रदेश कमिटी सदस्यहरु केवल फुयल,गणेश बुढाथोकी,कमला दुलाल लगायतको सहभागिता रहेको थियो ।

4565