-
दमक । समाजमा हुने गरेका लागु पदार्थ दुव्र्यसनीका कारण हुने घटनालाई नाटकमा प्रस्तुत गर्दै दुव्र्यसनी मुक्त समाजको परिकल्पना गर्ने उद्धेश्यले सञ्चालन गरिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका ६ स्थित शिवगञ्ज बजारमा लागु औषध दुव्र्यसनी सम्बन्धी सचेतना मुलक सडक नाटक प्रर्दशनी सम्पन्न गरिएको हो ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई सफल पार्न लागु औषध न्यूनिकरण गर्न विद्यार्र्थीहरूको आन्तरिक प्रतिभाको प्रस्फुटनले अत्यन्तै प्रभावकारी नाटक प्रस्तुत गरिएको छ ।
अविको मिडिया हब प्रा.ली. धनकुटाको संयोजन तथा शिवसताक्षी नगरपालिका वडा नम्वर ६ को आयोजना एवं सशस्त्र प्रहरी वल, नेपाल रिर्जव गण हेडक्वार लखनपुर झापाको सहकार्यमा सडक नाटक प्रर्दसन गरियो ।नाटकमा निजामति विध्यालय धनकुटाका शिक्षक, विध्यार्र्थीका सथै महालक्षमी नगरपालिका ५ सालघारीका नाट्य कलाकारहरुले अभिनय गरेका थिए भने ध्रुर्व एलेक्सको निर्देशन र अभिनय रहेको थिए ।
आन्तरीक तथा बाह्य पर्यटकहरुको चहल पहल बढि हुने क्षेत्र सडक हुदै विशेष गरी लागु औषध ओसार पसार र दुव्र्यसनी बढिरहेको अवस्थालाई मध्यनजगर गर्दै सचेतना मुलक दुव्र्यसनी सँग सम्बन्धित उक्त सडक नाटक शिवगञ्ज बजारमा मञ्चन गरिएको अविको मिडिया हब प्रा.लिकी प्रबन्ध निर्देशक कोकिला भण्डारीले बताइन ।
उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन थोप्राले आन्तरीक पर्यटकले पनि नाटक हेरेर सन्देश लिएको, नाटकमा भाई बहिनीहरुको यो प्रस्तुतिकरणले जिवन्त गरेको जनाए ।अभिभावक सहि नहुदा पढ्दै गरेको सन्तानको साथ नपाउँदा राम्रो रेखदेख नपाउँदा बालबालिकाहरु कुलतमा फस्ने र विग्रने रहिछ भन्ने सन्देश यस नाटकले दिएको बताउदै आगामीदिन यिनै कलाकारको तर्फबाट हाम्रो देशलाई पहिचान दिलाउन सकिने र समाज परिवर्तन, दुव्र्यसनी मुक्त वनाउन सकिने नगरप्रमुख थोप्राले बताए ।
News Desk 0 response सोमवार, जेष्ठ १२, २०८२
धनकुटा जिल्लाका कलाकारहरुको यस्तो अभिनय तथा कलाकारीताको क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल भएका छन् । कलाकारहरुको मिहेनत, परिश्रम र लगानीले गर्दा बिद्यार्र्थीहरु देशको जुनसुकै ठाउँमा गएर आफ्नो प्रतिभा देखाउन सक्ने भएका छन ।
यस नाटकमा विस्तारै मानिस कसरी लागु पदार्थको दुव्र्यसनीमा फस्छन, त्यस बाट कुलतमा कसरी फस्छन अनी मृत्यु वा कोहि घट्ना हुनु लगायतका विषयमा विद्यार्र्थी कलाकारहरुले प्रस्तुत गरेको नाटकले समाजमा भएका बिकृति विसंग्तीहरूलाई सुधारकालागि गरिएको यो नाटक ठाउबाट शुरूवात गरिएको शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्ण प्रसाद पोख्रेलले बताए ।
समाजमा घटिरहेका लागु औषध दुव्र्यसनी सम्वन्धी घटनामा आधारित सडक नाटक का पात्रहरूले गरेको अभिनय र कला जिल्ला बाहिरबाट आएर देखाउनु भएको अभिनय जिवन्त रहेको उद्योग वाणिज्य संघका अध्यक्ष दिपक वुडाथोकीले बताए ।
शिवसताक्षी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष मनोज खुलालको अध्यक्षता एवं नगर प्रमुख रोशन थोप्राको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नाटकमा कोशी प्रदेश शिक्षा विकास निर्देशनालय धनकुटाका, निर्देशक कृष्ण प्रसाद पोख्रेल, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, सशसत्र प्रहरी वल, नेपाल नम्वर ३८ रिर्जव गण झापाका गणपति निराजन भण्डारी, लगायतको बाक्लो सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२